Friday 25th September 2026

साप्ताहिक राशिफल(बैशाख ६ गते देखि १२ गते सम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष 

व्यक्तिगत क्षमताबाट जवाफदेही कार्य सम्पन्न गरी नयाँ उचाइमा पुगिनेछ । सुखद पारिवारिक वातावरणलाई बाहिरी कुराले खलबल्याउन सक्छ । काममा ढिलाइ भए पनि सही मार्ग पहिल्याउन सकिनेछ । आफ्नो हठका कारण प्रेमी–प्रेमिकाबीच खटपट सिर्जना हुनसक्छ । इच्छा नहुँदा–नहुँदै बाध्यात्मक रूपमा धन खर्चिनुपर्नेछ ।

वृष 

व्यापारको सिलसिलामा विदेश भ्रमण हुन सक्छ । प्रयासहरू सफल हुँदै जानेछन् । व्यवसायिक क्षेत्रमा सुधारको संकेत देखा पर्दैछ । धातुको कारोबारमा थप लगानी गर्दा लाभ हुने देखिन्छ । नीलो रंगका पहिरन तथा बोलीको प्रभावले रोकिएको काम सुचारु हुनेछन् ।

मिथुन

खराब आचरण भएकाहरूबाट टाढा रहँदा नै आफ्नो कल्याण हुनेछ । सहयोगी हात अघि बढ्नाले आर्थिक हैरानी फर्नेछैन । शक्तिशाली व्यत्तिसँगको भेटघाटमा नौला कुरा सिक्ने अवसर जुर्नेछ । प्रेमिकाको सहयोग र सद्भावबाटै उचाइमा पुग्न सकिनेछ । अध्ययनका क्रममा विदेश भ्रमण हुनसक्छ । विभिन्न प्रतियोगितामा सफलता हात लाग्नेछ ।

कर्कट

नयाँ व्यवसाय उचाइमा पुर्‍याउन अभिभावकहरूको सुझाव आत्मासात्  गर्नुपर्नेछ ।  प्रशस्त आम्दानी हुने कामबाट परिवारको प्रशंसा प्राप्त हुनेछ । तपाईंको भावी कार्ययोजनाको कदर पनि होला । दान–पूण्यको काममा संलग्न हुँदा प्राप्त हुने आत्मविश्वासले व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउने देखिन्छ ।

सिंह 

गोप्य रूपमा गरिएका कार्यले अपेक्षाभन्दा छिटो सफलता दिलाउनेछ । साथीभाइसँग नगद कारोबार गर्दा ध्यान पुर्‍याउनुहोला । नौलो स्थानको यात्रा हुन सक्छ । भेटघाटले मनोबल बढाउनेछ । भोजभतेरमा संलग्न भै अबेरसम्म मनोरञ्जन गर्दा समयको ख्याल गर्नुपर्नेछ ।

कन्या 

मझौला किसिमका लगानीबाट धन आर्जन गर्न सकिनेछ । सामाजिक क्षेत्रमा काम गर्ने  अवसर जुट्नेछ । पैतृक सम्पत्ति उपयोग गर्दा थप फाइदा उठाउन सकिनेछ । प्रेमसम्बन्धमा सावधानीपूर्वक निर्णय गर्नुमै आफ्नो भलो छ । मौसमी फेरबदलका क्रममा स्वास्थ्यको ख्याल राख्नुहोला ।

तुला 

जीवनमा नयाँ आयाम भर्न सेतो रंगलाई प्राथमिकता दिनुहोला । नयाँ अवसर हात पार्न कठोर मेहनत गर्नुपर्नेछ । कुनै पनि काम द्रुत गतिमा सम्पन्न गर्नुपर्ने चुनौती टरिसकेको छैन । प्रेम प्रस्तावमा समय लिएर निर्णय गर्नुपर्नेछ । साताको अन्त्यमा खर्चलो भ्रमणको योग छ ।

वृश्चिक

ध्यानपूर्वक गरिएको कामले लाभ दिलाउनेछ । नयाँ कार्य प्रारम्भ गर्दा आफ्नो मात्र नभै अभिभावकको रुचिको पनि ख्याल गर्नुहोला । रोजगारीका लागि भौंतारिनुपर्ने स्थिति छ । अन्तर्वार्ता वा परीक्षामा सामेल हुदाँ संयमित रहनुहोला । पहेंलो रंगको प्रयोगले अपेक्षित परिणाम दिनेछ ।

धनु 

रोकिएका कार्यमा पुनः प्रयत्न गर्दा सफलता प्राप्त होला । विपक्षीले स–साना त्रुटि औंल्याउन सक्छन् । लगानीले गतिलो आम्दानी हात लागाउनेछ । साताको अन्त्यतिर फजुल खर्चले पिरोल्नेछ । सप्तान्तमा पाहुनाहरूसँग रमाउँदै विशेष परिकारको आनन्द लिन पाइनेछ ।

मकर 

मेहनतपूर्वक सम्पन्न गरिएका कार्यमा समेत अपजस मिल्न सक्छ । गुप्त शत्रु हावी हुने हुँदा ठूलाखाले योजना अघि नबढाउनुहोला । लगानी नगरी मुनाफा चाहने पार्टनरसँग भेट हुन सक्छ । महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ ।

कुम्भ 

परिश्रमअनुसार राम्रै फल पाइनेछ । खर्च बढ्नाले आइतबारपछि आर्थिक अभाव हुनेछ । रोकिएका काममा दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा होला । टाढाका साथीभाइसँग लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ हुने पनि देखिन्छ ।

मीन 

अभिभावकहरूको सल्लाहमुताविक चल्न सके समस्याबाट मुक्त हुन सहजता होला । कठोर परिश्रम गर्ने समय आएको छ । दिन–प्रतिदिन नजिकिँदो अवसर तथा चुनौतीलाई परास्त गर्न थप समय दिनुपर्ने हुन्छ । प्रातः ब्रह्म मुहूर्तमा उठी ईश्वरको स्मरण एवं योग गर्नाले मानसिक तनाव तथा थकान निर्मूल हुनेछ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...