Saturday 10th October 2026

पाल्पामा जीप दुर्घटना हुँदा चालकको मृत्यु, १ जना घाइते


तितोपाटी – पाल्पा जिल्लाको रम्भा गाउँपालिका–३, देउरालीमा जिप दुर्घटना हुँदा जिप चालकको मृत्यु भएको छ। दुर्घटनामा चालक रम्भा गाउँपालिका–२, फोक्सिङकोटका ३० वर्षीय लाल बहादुर सिंजालीको निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

बुधबार दिउँसो लु १ ज १७८६ नम्बरको जिप दुर्घटनामा घाइते भएका चालक सिंजालीको उपचारका क्रममा मृत्यु भएको हो। उकालोमा ब्रेक फेल भई ब्याक भएर सडकबाट झण्डै २ सय मिटर तल खसेको थियो। स्थानीय मलेङ भन्ने गाउँमा सामान छोडेर निस्कने क्रममा देउराली नजिकै मेन रोड निस्कनै लाग्दा जिप दुर्घटनामा परेको थियो। चालक लालबहादुर सिंजालीको बुधवार साँझ उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते देवबहादुर सिंजालीको अहिले लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेकोे रम्भा २ का वडा सदस्य दुर्गा थापाले बताए।


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...