Saturday 10th October 2026

भारतमा टिकटक नचल्ने


तितोपाटी – भारतमा पछिल्लो समय युवाहरुबीच चर्चित बनेको टिकटक एपस्टोर र गुगल प्ले स्टोरबाट हटाइएको छ।

भारत सरकारको आग्रहमा यो एपलाई प्लेस्टोरबाट हटाइएको हो। यद्यपी, यो टिकटक माथिको प्रतिबन्ध भने होइन। पछिल्लो समय मद्रास उच्च अदालतले पोर्नोग्राफीलाई बढावा दिएको भन्दै यो एप माथि प्रतिबन्ध लगाउन आदेश दिएको थियो। उच्च अदालतको आदेश बदर गराउन टिकटकले भारतको सर्बोच्च अदालत सम्म पुगेको थियो। तर, सर्वोच्च अदालतले पनि उच्च अदालतकै निर्णयलाई सदर गरिदिएको थियो।

अदालतको आदेश बमोजिम भारत सरकारको आग्रहमा टिकटक हटाइएको हो।


सम्बन्धित शीर्षकहरु

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

प्रतिकृयाहरू
...