Thursday 18th June 2026

भू-माफियाको विरोध गर्दा विवेकशील नेपाली दलका १७ जना पक्राउ


तितोपाटी – बालुवाटारको जग्गा भूमाफियाको नाममा दर्ता गराएको भन्दै विरोधमा उत्रिएका विवेकशील नेपाली दलका १७ जना पक्राउ परेका छन्। दलका संयोजक उज्जल थापासहित १७ जनालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो।

भूमाफियाले प्रधानमन्त्री निवास र प्रधान्यायाधीश निवासलाई कब्जा गर्न खोजेको भन्दै उनीहरू नेपालको राष्ट्रिय झण्डासहित बालुवाटार पुगेका थिए। सोही क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा संयोजक थापा, मिलन पाण्डे, अमृत विष्ट, रामजी पन्त, शशीविक्रम कार्की, रमेश सिलवाल, लक्ष्मण श्रेष्ठलगायत १७ जना रहेको पार्टी नेता मिलन पाण्डेले बताए। उनीहरूलाई प्रहरीले पानीपोखरी बिटमा राखेको छ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललाई समेत विक्री गरिएपछि त्यसको विरोधमा विवेकशील नेपाली दलका नेता, कार्यकर्ता स्थानीयसहित प्रदर्शनमा उत्रिएका थिए । विरोधको क्रममा प्रहरीले निषेधित क्षेत्र भनी रोक्न खोज्दा पनि जवर्जस्ती प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नेता तथा कार्यकर्तालाई नियन्त्रणमा एिपछि सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न पाउनु पर्ने नागरिकको हक भएको र प्रहरीले सो अधिकारमाथि हनन् गरेको भन्दै चर्को नाराबाजी समेत गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

प्रतिकृयाहरू
...