Monday 4th May 2026

खोटाङमा बस दुर्घटना हुँदा १ को मृत्यु १३ घाइते


तितोपाटी – खोटाङमा भएको बस दुर्घटनामा एकको मृत्यु भएको छ। १३ जना घाइते भएका छन्। काठमाण्डौंबाट दिक्तेलका लागि छुटेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसी नजिकै रिट्ठाबोटेमा दुर्घट्ना भएको हो।

दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय पर्जबहादुर राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका राईलाई घट्नास्थलबाट उद्धार गरी एम्बूलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए।

घाइतेमध्ये बसका चालकसहित ६ जनालाई टिचिङ अस्पताल काठ्माण्डौं पु-याइएको छ। स्वास्थ्यचौकी दुर्छिममा प्राथमिक उपचार गरिएका ७ जनालाई पनि मंगलबार बिहान जिल्ला अस्पताल दिक्तेल पठाइएको छ। सह–चालक भने सशकुशल छन्। सह–चालक ओत हाल्नका लागि ओलिर्एकाले दुर्घटनाबाट जोगिएको प्रहरीले जनाएको छ। घाइतेको नाम खुल्न सकेको छैन।

बस सडकबाट चिप्लिएर १५/२० मिटर तल कोल्टिएर रुखमा ठोक्किदै अडिएकाले ठूलो क्षतिबाट जोगिएको बताइएको छ। काठ्माण्डौंबाट हिँडेको रात्री यात्रामा चालक सहित १५ जना सवार थिए। दुर्घटनामा परेका यात्रुको उद्धारका लागि ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक भुवन खड्का नेतृत्वको प्रहरी र स्थानीय रातभर खटिएका थिए।


सम्बन्धित शीर्षकहरु

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

तस्बिरमा रहेको विज्ञप्तिअनुसार राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्ले स्वीकृत गरी प्रमाणीकरणका लागि पठाएको “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन)…

मध्यपूर्वमा बढ्दो सामरिक प्रतिस्पर्धाबीच इजरायलले आफ्नो हवाई शक्ति अभूतपूर्व रूपमा विस्तार गर्ने निर्णय गरेको छ। रक्षा मन्त्रालयका अनुसार दशौँ अर्ब…

प्रतिकृयाहरू
...