Friday 11th September 2026

दुइवटा मोटरसाइकल एक अापसमा ठोक्किंदा १ को मृत्यु


तितोपाटी-विपरित दिशाबाट अाएका २ मोटरसाइकल एक-अापसमा ठोक्किंदा १ जनको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका स्थित गेउरीयामा दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा एकजनाको मृत्यू भएको हो भने अरू दुईजना घाइते भएका छन्।

आइतबार राती कमल गाउँपालिका ६ स्थित भित्री सडक खण्डमा पाडाजुगीबाट दक्षिणतर्फ जाँदै गरेको मे १० प ६८५१ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको मे ४ प १६५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो।

दुर्घटनामा घाइते भएका मे ४ प १६५८ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका ६ का २१ वर्षिय प्रवीण राजवंशीको उपचारका लागि दमक स्थित लाईलाईन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सोही मोटरसाइकलमा पछाडि बसेका मनोज शाह र मे १० प ६८५१ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका ४ को लोकेश ठटाल घाइते भएका छन्। घाइते दुवैको दमक स्थित लाईलाईन अस्पतालमा उपचार भइरहेको र दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले बताए।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...