Monday 26th October 2026

फेसबुक, इन्स्टाग्राम र ह्वाटसएपमा पुनः विश्वभर समस्या


तितोपाटी- चर्चित सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा आइतबार दिउँसो पनुः समस्या देखा पर्यो । विश्वभरका प्रयोगकर्ताले ३ वटै सामाजिक सञ्जालमा समस्या व्यहोरेका छन्। फेसबुकमा गत महिना पनि यस्तै समस्या देखा परेको थियो ।

फेसबुक मातहतको इन्स्टाग्राम र ह्वाट्स एपमा आइतबार साँझदेखि विश्वभर ‘डाउन’ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । यस सम्बन्धमा फेसबुक प्रयोगकर्ताले ट्वीटरमा फेसबुकलाई मेन्सन गरेर समस्याबारे जिज्ञासा राखिरहेका छन् ।

यी सामाजिक सञ्जालबारे वेवसाइटको मनिटर गर्ने डाउनडिटेक्टर डट सीओ डट यूकेमा सयौं गुनासो दर्जा भइसकेको बेलायती पत्रिका मिररले अनलाइन संस्करणमा उल्लेख गरेको छ ।

हाल फेसबुकको वेवसाइट खोल्ने वित्तिकै एरर म्यासेज आउँछ । किन यी सामाजिक सञ्जालमा समस्या आयो भन्ने बारे अहिलेसम्म खुलेको छैन । फेसबुकले पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

हिँजो फेसबुकमा समस्या देखिएको करिब २ घण्टापछि यो पुन सञ्चालनमा आएको थियो ।


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...