Saturday 8th November 2025

सर्लाहीमा पानीको खाल्डोमा डुबेर २ बालिकाको मृत्यु


तितोपाटी-सर्लाहीको हरिवन नगरपालिका–४, सासापुर तीनघरेमा इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

नागेन्द्र चौधरीको गोल्ड इँटा उद्योगको खाल्डोमा डुबेर स्थानिय जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। मंगलबार दिउँसोदेखि बेपत्ता बालिकाहरु राती अबेर पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन्।

इँटा उद्योगमा कार्यरत मजदुरले खाल्डोमा जमेको पानीमा बालिकाहरुको शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। दुवै मृतकको शव पोष्टमार्टमका लागि राती ११ बजे सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ। इँटा बनाउनका लागि माटो निकालेर बनेको खाडलमा जमेको पानीमा बालिकाहरु डुबेको प्रहरीले बतायो। घटनाको सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतका उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहाद युसुफ साउद अल-सबाहले आज कुवेतको अल बयान प्लेसमा भारतको केरला राज्यका मुख्यमन्त्री पिनारायी…

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

प्रतिकृयाहरू
...