Saturday 10th October 2026

२६ जना घाइते हुने गरि डँडेलधुरामा बस दुर्घटना


तितोपाटी-डडेल्धुरा अमरगढी नगरपालिका–११ धनगाड नजिक रात्री बस दुर्घटना हुदाँ २६ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेेकाे छ। धनगढीबाट अछामका लागि छुटेको ना ४ ख ६८३६ नम्बरको बस केआइसिह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा राति करिब २ः३० बजे दुर्घटना मा परेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

ब्रेक फेल भएर सडकमै पल्टेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । घाइते २५ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइ/हेको छ भने गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियाललाई धनगढी रेफर गरिएको अस्पतालले जनाएको छ।

दुर्घटनामा घइतेहरु अधिंकाश अछामका रहेको बुझिए पनि अहिले सम्म घाइतेहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ। बसमा ४५ जना भन्दाबढी सवार रहेका बताइएको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।


सम्बन्धित शीर्षकहरु

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

प्रतिकृयाहरू
...