Saturday 20th April 2024

साप्ताहिक राशिफल(चैत्र २२ गते देखि २८ गते सम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष

कार्यव्यस्तताले जीवनशौलीमा परिवर्तन आउन सक्छ । प्रयत्न गर्दा आँटेको काम सम्पन्न गर्न सकिनेछ । नसोचेको काममा खर्च हुनेछ । आफ्नो भलो चिताउनेहरूसँग भेट हुन सक्छ । साताको अन्त्यमा व्यक्तित्वको आकर्षण बढाउँदै दिगो कामको जग बसाउन पाइनेछ ।

वृष

मेहनतले उच्च स्थान दिलाउनेछ ।सभा सम्मेलनमा भाग लिने अवसर जुट्नेछ । समयको ख्याल गर्नुहोला । विपक्षीहरूले कुरा काट्दा आफैंलाई फाइदा मिल्नेछ । शुभ समाचार प्राप्त भएर मनमा उत्साह थपिनेछ । श्रीमती वा प्रेमिकाले घुर्क्याउन सक्छिन् ।

मिथुन

ठूला किसिमका कार्य सम्पन्न गर्नुपर्ने हुनाले त्यसको जटिलतातर्फ ध्यान दिनुहोला । आकस्मिक यात्रामा सरसामान छुट्न सक्छ । प्रभावशाली व्यक्तित्वहरूसँग भलाकुसारी हुनेछ । समयले साथ दिएको छ, प्रतिष्ठा जोगिने गरी काम गर्नुहोला ।

कर्कट

शिक्षामा लगानी गर्दा थप मेहनत गर्नुपर्ने हुन्छ । विलासिताका साधन खरिद–बिक्री गर्न अग्रसर भइनेछ । मन पराउनेहरूले प्रेम प्रस्ताव राख्ने समय आएको छ । कम बोल्दा नै राम्रो परिणाम हात लाग्नेछ । सरकारी कर्मचारीले विवेक एवं सावधानी अपनाउनुहोला । सेतो रंगको पहिरनले आशीर्वाद बर्साउनेछ ।

सिंह

भविष्यका निम्ति दिगो जग बसाउने बेला आएको छ । छोटो समयमै घुलमिल हुन खोज्नेहरूसँग सचेत रहनुहोला । नयाँ मित्रतामा प्रेम अंकुरित हुन सक्छ । मान्यजनको सुझाव अत्मसात् गर्दा जीवनमा सकारात्मक उर्जा प्राप्त हुने देखिन्छ । आर्थिक क्षेत्रमा गरिएका प्रयत्नले लक्ष्यमा पुग्ने बाटो देखाउनेछ ।

कन्या

पूर्वतर्फको यात्राबाट मनग्य मुनाफा हात पर्न सक्छ । रुचिका विषयमा लगानी गर्न सकिनेछ । सवारी साधन खरिद गर्ने योजना बनाउनुभएको छ भने प्रक्रिया अघि बढाउनुहोला । आफ्नो प्रतिष्ठासँग जोडिएर कार्यक्षेत्रमा नयाँ चुनौति देखा पर्न सक्छ ।

तुला

रोकिएका काममा पुनः प्रयास गर्दा सफलता हात पर्न सक्छ । आर्थिक विषयलाई लिएर अभिभावकहरूसँग वैचारिक मतभेद उत्पन्न होला । ईर्ष्या गर्नेहरूबाट टाढै रहनुपर्नेछ । सोमबारपछि बाधा–अड्चनहरू स्वतः समाप्त हुनेछन् । व्यवसाय तथा उद्योगधन्दाबाट राम्रै मुनाफा प्राप्त गर्न सकिनेछ । साथीभाइले यथेष्ठ खर्च गराउनेछन् ।

वृश्चिक

उच्च शिक्षाका निम्ति रोजिएको विषयमा अवसर प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ । याक्रा तथा मनोरञ्जनका त्रममा अनावश्यक खर्चले तनाव सिर्जना गर्न सक्छ । नयाँ परिचित मित्रबाट अपेक्षा गरेभन्दा बढि सहयोग पाइनेछ । साताको अन्त्यमा पूण्य कार्यको अवसर जुट्नेछ ।

धनु

सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ने अवस्था छ । घरायसी व्यवहारबाट टाढै रहनुहोला । आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ । भ्रमणका क्रममा भेटिएका मित्रले अनुचित फाइदा उठाउने प्रयास गर्न सक्छन् । कम बोल्नु नै उपयुक्त हुन्छ ।

मकर

विपक्षीले आफना त्रुटिलाई औंल्याउन सक्छन् । त्यसलाई सकारात्मक रूपमा आत्मसात् गर्दा उचाइमा पुगिनेछ । खराब नियत भएकाहरूबाट टाढै रही प्रतिष्ठा जोगाउने प्रयास गर्नुहोला । नीलो रंगको पहिरन प्रयोग गर्दा कम मेहनतमा सही मार्ग पहिल्याउन सहज हुनेछ । सवारी साधन चलाउँदा सावधानी अपनाउनुपर्नेछ ।

कुम्भ

जिम्मेवारीबोध गर्दा अवसरले उचाइमा पुर्‍याउनेछ । शारीरिक आलस्यताका कारण महत्वपूर्ण काम छुट्न सक्छ, समयको ख्याल गर्नुहोला । ठूला अवसरहरूले पिछा गरेको अवस्था छ । अधुरै रहेको लामो समयदेखिको मनोरञ्जनको चाहना पूरा हुनेछ । खानपानमा विशेष ध्यान दिनुहोला ।

मीन

नयाँ स्थान र अवसरका निम्ति केही दौडधूप गर्नुपर्ला । परिस्थितिसँग सम्झैता गर्नुपरे पनि आफूलाई दिगो फाइदा हुनेछ । साथीहरूसँग भ्रमणमा रमाउँदा खर्चको भार थपिनेछ । अभिभावकहरूको वचन परिवर्तनले सवारी साधन गुम्ने खतरा छ । खानपान तथा भोज भतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल राख्नुहोला ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...