Sunday 29th September 2024

जन-जागृतिले नयाँ वर्ष २०७६ को भित्तेपात्रो सार्वजनिक गर्यो(फोटो फिचर सहित)


तितोपाटी – जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०७६ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत ९ वर्षदेखि हरेक वर्ष नेपाली तीथि मिति र चाडपर्व अंकित गरी भित्तेपात्रो प्रकाशन गरि निःशुल्क वितरण गर्दै अाएको जन-जागृतिको वार्षिक कार्यविधि अनुसारको नेपाली भित्तेपात्रो २०७६ हिँजो ५ अप्रिल २०१९ शुक्रबारको दिन कुवेतको फरवानिया पार्कमा कुवेतको नेपाली समाजमा कृयाशिल संघ सँस्थाका पदाधिकारी तथा प्रतिनीधिहरू, मिडियाकर्मीहरू, समाजसेवी तथा वुद्धिजीविहरू, पार्कमा उपस्थित कुवेतको नेपाली समुदायको सामाजिक अभियन्ताहरू, जन-जागृतिका कार्यकारीहरू, संरक्षक एवं सल्लाहकारहरू तथा अधिकांश सदस्यहरूको समुपस्थिति सहित ठुलो जमघट माझ सार्वजनिक गरिएको हो ।

सँस्थाका अध्यक्ष टिकाराम अाचार्यको सभाध्यक्षता तथा पुर्व एनअारएनए अध्यक्ष एवं समाजसेवी अग्रज व्यक्तित्व राजेन्द्र तामाङको प्रमुख अातिथ्यता रहेको भित्तेपात्रो सार्वजनिक समारोहका अतिथिहरूमा जन-जागृतिका संरक्षक छत्र बहादुर कार्की, अन्तर्राष्ट्रिय झापाली समाज एवं झापाली समाज कुवेतका संरक्षक कुमार झापाली,  तमु समाज कुवेतका संरक्षक अमर तमु, साँस्कृतिक मञ्चका संरक्षक एवं जन-सम्पर्क समिति कुवेतका उपाध्यक्ष माधव शर्मा, नेपालबाट कुवेत भ्रमणमा अाउनु भएका कोसेली समुहका कोषाध्यक्ष तथा सामाजिक अभियन्ता राजन श्रेष्ठका बुबा-अामा, विश्वकर्मा समाज नेपाल-कुवेतका अध्यक्ष हितकाजी गाैतम विश्वकर्मा, झापाली समाज कुवेतका अध्यक्ष लोमस बास्तोला, नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष गोविन्द बराल, कोसेली समुह कुवेतका कोषाध्यक्ष राजन श्रेष्ठ, कोसेली समुहका पत्रकार बसन्त थापा, विभिन्न संघ सँस्थाका प्रतिनीधि, सल्लाहकार, खेलाडी, कलाकार लगायत अतिथिहरूको उपस्थिति रहेको थियो भने प्रमुख अतिथि लगायत वक्ताहरूले नेपाली नयाँ वर्षको अग्रृम शुभकामना दिंदै जन-जागृतिले गरेका कार्यहरूको खुलेर प्रशंसा गर्दै सामाजिक सेवाका कार्यहरूको निरन्तरताको कामना गरेका थिए भने सो अवसरमा जन-जागृतिको कार्यहरूको प्रशंसा गर्दै प्रमुख अतिथि तामाङले जन-जागृतिलाइ अार्थिक सहयोग समेत गरेका थिए ।

नव वर्ष भित्रनु भन्दा केहि दिन अगावै सार्वजनिक गरिएको जन-जागृति भित्तेपात्रोमा नेपाली र अंग्रेजी पात्रोको साथमा नेपलाी तीथि, चाड, पर्व, विवाह एवं व्रतवन्ध मुहुर्त लगायत नेपाली दूतावास कुवेतले  कुवेतमा कार्यरत सबैका लागि उपयोगी हुने गरी सर्वसाधारणको हितमा जारी गरेको गर्न हुने र गर्न नहुने कुराहरू समेटिएका छन्  । उक्त भित्तेपात्रो सार्वजनिक समारोह सँस्थाका महासचिव जिबन सुनारले संचालन गरेका थिए भने कार्यक्रममा उपस्थित सबैलाइ सँस्थाका बरिष्ठ उपाध्य अानन्द अाचार्यले स्वागत गर्दै जन-जागृति युवा समाज कुवेतबारे संक्षिप्त जानकारी गराएका थिए ।

स्मरण रहोस, कुवेतको नेपाली समाजको पहिलो सामाजिक संस्थाको रूपमा “जागरूक समाजकको खोज, जन-जागृति युवाको साेच” भन्ने मुल नाराको साथ सन २००९ गठन भइ कृयाशिल रहँदै अाएको जन-जागृति युवा समाज कुवेतले जन-चेतना, राहत-उद्दार र सामाजिक सेवाका कार्यहरू गर्दै अाएको छ । सँस्थाले अाफ्नो वार्षिक कार्यतालिका अनुसार कुवेतको नेपाली समाजमा भित्तेपात्रो पकाशन गरि निःशुल्क वितरण, हाजिरीजवाफ तथा वक्तृत्वकला जस्ता वाैद्दिक कार्यक्रम, गीत, गजल, कवित, मुक्तक जस्ता साहित्यिक कार्यक्रमहरू नियमित रूपमा गर्दै अाएको छ  भने स्थापनाकालदेखि नै कुनै जातवर्ग, समुदाय, क्षेत्र वा धर्म संस्कृत तथा राजनैतिक पक्ष नलिइ भाइचारा र भातृत्वको भावनाले अभिप्रेरित भइ पुर्व मेची देखि पश्चिम महाकाली र उत्तर हिमाली क्षेत्र देखि दक्षिण तराइ सम्मका सम्पुर्ण नेपालीहरूलाइ लक्षित गरि कर्मभूमि कुवेतमा अप्ठेरामा परेकाहरूलाइ विभिन्न किसिमले सहयोग गर्ने, कुवेतमा कृयाशिल संघ सँस्थाहरूसँग हातेमालो र सहकार्य गर्दै नेपाली राजदूतावास संग समन्वय गरि अप्ठेरोमा परेर अार्थिक अभावको कारण नेपाल फर्कन नसकेकाहरूलाइ नेपाल फर्कन लाग्ने टिकटको व्यवस्था देखि मातृभूमि नेपालमा शोषित, पीडित, निर्धन र विपन्न वर्गलाइ लक्षित गरि वर्षेनी लाखाैं रूपैयाँ सहयोग गर्दै अाएको छ  भने नेपालमा सहयोग गर्न अावश्यक भएर सहयोग संचालन गरिएका प्रोजेक्टहरूका लागि सहयोग अभियान संचालन गरेर अार्थिक सहयोग पनि गरेको छ ।


सम्बन्धित शीर्षकहरु

तमू गुरुङ जातिहरुको मौलिक पहिचान,जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल उदेश्यको साथ २००९ मा स्थापना…

काठमाडौं : नेपालमा शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाले बाढी र पहिरोका कारण प्रमुख सडक अवरुद्ध हुनुका साथै आन्तरिक हवाई उडान…

सफीद्दीन नसरल्लाहका चचेरे भाई हुन् र उनी जस्तै, इस्लामका पैगम्बर मोहम्मदको वंशलाई जनाउने कालो पगडी लगाउने धर्मगुरु हुन्। बेरुत उपनगरमा…

प्रतिकृयाहरू
...