Wednesday 17th June 2026

परिक्षा स्थगित भएको विरोधमा जनकपुरमा शिक्षामन्त्री पोखरेलविरुद्ध प्रदर्शन


तीतोपाटी- प्रदेश नं २ को एसइई स्थगित निर्णयको विरोधमा आज परीक्षार्थीहरुले जनकपुर सहितका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । बिहानै जनकपुरको भानुचोकमा परीक्षार्थीहरुले बीच चोकमै बसेर नेपाल सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलविरुद्ध चर्को नाराबाजी गर्दै आफूहरुलाई न्याय दिनुपर्ने नारा लगाउँदै टायर बालेर जुलुस प्रदर्शन गरेका छन्। उनीहरुले बीच सडकमै बसेर ’हामीलाई न्याय चाहियो, शिक्षामन्त्री मुर्दावाद’ को नारा लगाएका छन् ।

विभिन्न सञ्चारमाध्यमहरुमा परीक्षा स्थगितको समाचार बाहिरिए पनि ग्रामीण भेगमा सञ्चाचारको पहुँच न्यून भएकोले थाहै नपाएर परीक्षा केन्द्र पुगेपछि स्थगित भएको खबर सुनेको कतिपय विद्यार्थीको भनाइ छ । उनीहरुले बिहानैदेखि जनकपुर महेन्द्रनगर सडकखण्डमा चक्काजाम गरेका छन्। चक्काजामका कारण सवारी साधनको आवागमन समेत ठप्प भएको छ ।

उनीहरुले आफूहरुको जीवनसँग गम्भीर खेलबाड गरेको भन्दै क्षीरेश्वरनाथ नगरपािलकाका मेयर योगेन्द्र पंजियारको घरअगाडि समेत प्रदर्शन गरेका छन् । प्रश्नपत्र कहाँबाट आउट भएको बारे अझै पुष्टि भएको छैन भने प्रदेश सरकार, केन्द्र सरकार त्यसको छानबिनमा लागेका छन् । परीक्षार्थीहरुले एक जनाको गल्तीका कारण सम्पूर्ण प्रदेशकै परीक्षार्थी प्रभावित भएको भन्दै आक्रोशित बनेका हुन् ।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...