Thursday 17th September 2026

जुम्ल्याहा बच्चाका फरक–फरक पिता !


तिताेपाटी – चीनमा एक महिलाले जुम्ल्याहा बच्चा जन्म दिइन् तर जुम्ल्याहा बच्चाका बाबु भने फरक–फरक रहेको पुष्टी भएको छ । यो घटना चीनको सियामेन सिटीकाे हाे । डीएनए परीक्षणबाट जुम्ल्याहा बच्चाका बुबा फरक फरक रहेको तथ्य खुलेको चिनियाँ सञ्चार माध्यमलाई उद्दृत गर्दै डेली मेल अनलानइनले जनाएको छ ।

यस कुराको पुष्टि पश्चात् डाक्टर पनि अचम्ममा परेका थिए । जुम्ल्याहा बच्चा जन्माउने दम्पती बच्चाको जन्म दर्ता गराउनका लागि सियामेन पुलिसमा गएका थिए । त्यहाँ उनीहरुले बच्चाको डीएनए रिपोर्ट मागेपछि यो कुराको खुलासा भएको हो ।

ती महिलाले आफ्नो श्रीमानलाई धोका दिएर अन्य व्यक्तिसँग शारीरिक सम्बन्ध राखेको डीएनए परीक्षणपछि स्वीकार गरेकी थिइन् ।

यस्तो घटना निकै कम मात्रै हुने विशेषज्ञको भनाइ छ । कुनै पनि महिलाले निकै कम समयको बीचमा दुई पुरुषसँग यौन सम्बन्ध कायम गरे तथा त्यसक्रममा एउटा डिम्ब ती दुई छुट्टा–छुट्टै पुरुषको शुक्रकिटबाट सेचन भएमा यस्तो हुने विशेषज्ञहरुकाे निष्कर्ष छ ।

अहिलेसम्म विश्वमा फरक–फरक बुबा भएका जुम्ल्याहा जन्मेको १० भन्दा कम घटना छन् ।

– एजेन्सी


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...