Saturday 4th May 2024

जुम्ल्याहा बच्चाका फरक–फरक पिता !


तिताेपाटी – चीनमा एक महिलाले जुम्ल्याहा बच्चा जन्म दिइन् तर जुम्ल्याहा बच्चाका बाबु भने फरक–फरक रहेको पुष्टी भएको छ । यो घटना चीनको सियामेन सिटीकाे हाे । डीएनए परीक्षणबाट जुम्ल्याहा बच्चाका बुबा फरक फरक रहेको तथ्य खुलेको चिनियाँ सञ्चार माध्यमलाई उद्दृत गर्दै डेली मेल अनलानइनले जनाएको छ ।

यस कुराको पुष्टि पश्चात् डाक्टर पनि अचम्ममा परेका थिए । जुम्ल्याहा बच्चा जन्माउने दम्पती बच्चाको जन्म दर्ता गराउनका लागि सियामेन पुलिसमा गएका थिए । त्यहाँ उनीहरुले बच्चाको डीएनए रिपोर्ट मागेपछि यो कुराको खुलासा भएको हो ।

ती महिलाले आफ्नो श्रीमानलाई धोका दिएर अन्य व्यक्तिसँग शारीरिक सम्बन्ध राखेको डीएनए परीक्षणपछि स्वीकार गरेकी थिइन् ।

यस्तो घटना निकै कम मात्रै हुने विशेषज्ञको भनाइ छ । कुनै पनि महिलाले निकै कम समयको बीचमा दुई पुरुषसँग यौन सम्बन्ध कायम गरे तथा त्यसक्रममा एउटा डिम्ब ती दुई छुट्टा–छुट्टै पुरुषको शुक्रकिटबाट सेचन भएमा यस्तो हुने विशेषज्ञहरुकाे निष्कर्ष छ ।

अहिलेसम्म विश्वमा फरक–फरक बुबा भएका जुम्ल्याहा जन्मेको १० भन्दा कम घटना छन् ।

– एजेन्सी


सम्बन्धित शीर्षकहरु

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/१२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

प्रतिकृयाहरू
...