Sunday 2nd August 2026

त्रिशुलीमा बस खस्दा सह–चालकको मृत्यु, ९ जनाको जिवितै उद्धार, एक बेपत्ता


तीतोपाटी- चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत दाहाखानी–६ रिद्धि खोला नजिकै नौ किलो भन्ने स्थानबाट मंगलबार राती यात्रुबाहक बस त्रिशुली नदी खस्दा एक जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् ।

राती करिव साँढे ८ बजेको समयमा काठमाण्डौंबाट भैरहवा तर्फ जान आउँदै गरेको लु १ ख ७३९१ नम्बरको बस त्रिशुली नदीमा खसेको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा परि बसका सह–चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजन भेटवालले जानकारी दिनुभयो । मृत्यु हुनेमा सह–चालक धादिङ नलाङ गाविसका राजु वि.क रहेको प्रहरीले जनाएको छ । गाडीका चालक भने घाईते भएका छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । यस्तै बसबाट अन्य ९ जनाको जिवितै उद्धार गरिएको ट्राफिक प्रहरी निरीक्षक भेटवाल जानकारी दिनुभयो ।

उनीहरु सबैको अहिले कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भईरहेको छ । प्रहरीका अनुसार यात्रुहरु सबै धादिङ जिल्लाको सलाङ र नलाङ गाविसका रहेका छन् । बसमा सवार ११ जना मध्ये एक जना अझै बेपत्ता छन् । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ । पानीमा बसको केही भाग मात्र देखिएको छ

साभार नारायणी अनलाईन


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो तनावका बीच विश्वव्यापी तेल बजारमा अनिश्चितता बढेको छ, जसबाट ठूला तेल कम्पनीहरूले आर्थिक लाभ उठाउने अवस्था देखिएको छ।…

मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि बग्दादस्थित अमेरिकी दूतावास र इराकको एरबिलस्थित अमेरिकी महावाणिज्य दूतावासले सुरक्षा चेतावनी जारी गर्दै…

कुवेतस्थित नेपाली दूतावासले नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद गर्ने अभियानअन्तर्गत आज बिहान अलमुल्ला क्लिनिङ कम्पनीको माबुल्लास्थित ब्लक–१ मा रहेको श्रमिक आवास…

प्रतिकृयाहरू
...