Friday 9th October 2026

रूकुममा ३ वर्षीया नाबालिकालाइ बलात्कार गर्नेलाइ जन्मकैदको सजायँ


तितोपाटी – नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका रुकुम (पूर्व)का एक व्यक्तिलाई जन्मकैदको सजाय भएको छ। जिल्लाको सिस्ने गाउँपालिका–५ की साढे ३ वर्षीया बालिकालाई बलात्कार गर्ने सोही ठाउँका ३१ वर्षीय मदन भनिने भरत गौतमलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो।

मंगलबार जिल्ला न्यायाधीश दुर्गबहादुर भुसालको इजलासले गौतमलाई जन्मकैदको फैसला गरेको जिल्ला अदालत रुकुमकोटका सूचना अधिकारी निर्मला शर्मा जानकारी दिइन्। नाबालिकालाई बलात्कार गरेको ठहर गर्दै अदालतले गौतमलाई जन्मकैदको फैसला गरेर कारागार चलान गर्न आदेश दिएको उनले बताइन्। गत माघ ११ गते दिउँसो १ बजे बालिकालाई बलात्कार गर्दै गर्दा प्रहरीले गौतमलाई रङ्गे हात फेला पारेको थियो।

बालिकालाई बलात्कार गर्दै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। गौतम यसअघि पनि जबरजस्तीकरणी मुद्दामै ५ वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए।


सम्बन्धित शीर्षकहरु

सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् नाभनेथेम ‘नवी’ पिल्लेलाई प्रदान गरिने भएको छ। युद्ध अपराध, मानवताविरुद्धका अपराध…

काठमाडौंको बूढानीलकण्ठस्थित एक घरबाट प्रहरीले २१ किलो ७५० ग्रामभन्दा बढी अवैध सुन बरामद गरेको छ। यस घटनामा तीन चिनियाँ नागरिक…

शनिबार हुने प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीमा हजारौँ सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ। प्रदर्शनकारीहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा…

प्रतिकृयाहरू
...