Sunday 19th April 2026

राजदूतले राष्ट्रपतिसमक्ष सपथ लिनुपर्ने


तीतोपाटी-सरकारले नेपालको प्रतिनिधित्व गर्दै विभिन्न राष्ट्रमा जाने राजदूतले राष्ट्रपतिसमक्ष सपथ लिनुपर्ने ब्यवस्था गरेको छ ।

गत माघ १४ गते बसेको मन्त्रिपरिषदको बैठकले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गर्दै राष्ट्रपतिसमक्ष सपथ लिएर मात्रै जिम्मेवारी पाएका देशमा जानुपर्ने व्यवस्था गरेको हो ।

राजतन्त्रात्मक  व्यवस्थामा राजदूतहरुले राजासमक्ष सपथ लिने व्यववस्था थियो । नेपालमा राजतन्त्रको अन्त्यसँगै यो प्रचलन हटेको थियो । तत्कालिन राष्ट्रप्रमुखको हैसियतमा गिरजाप्रसाद कोइरालाले राजदूतलाई सपथ गराउने प्रचलन कायम राख्न खोजे पनि विरोध कारण रोकिएको परराष्ट्र मामिलाका नकारहरु बताउँछन् ।

‘जसले नियुक्ति गर्छ उसैसँग सपथ लिनु राम्रो हुन्छ’, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ भन्छन्, ‘सरकारको यो निर्णय उचित छ ।’

कतिपय देशमा राष्ट्रप्रमुखसँग सपथ लिने व्यवस्था रहेको उल्लेख गर्दै उनले नेपालले त्यसलाई अवलम्बन गर्नु स्वागतयोग्य रहेको बताए । ‘राजाको शासनपछि के गर्ने भन्ने अन्योल थियो । अहिले क्लियर भएको छ । अन्तर्राष्ट्रिय अभ्यास पनि राष्ट्रप्रमुखसँग सपथ लिएर जाने भन्ने नै छ’ उनले अनलाइनखबरसँग भने ।

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल पनि राष्ट्रको प्रतिनिधि भएर जाने राजदूतले राष्ट्रप्रमुखसँग सपथ लिनुपर्ने व्यवस्था उचित भएको बताउँछन् । सरकारले राजदूतको नाम सिफारिस गर्ने, संसदले सुनुवाई गर्ने र सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रचलन छ ।

अबदेखि राष्ट्रप्रमुखसमक्ष सपथ पनि लिनुपर्ने हुन्छ । नेपालमा आउने राजदूतहरुले ओहोदाको प्रमाणपत्र राष्ट्रपति समक्ष नै पेस गर्ने चलन छ ।

साभार अनलाईनखबर


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेस्थित पिपलडाँडा यतिबेला आन्तरिक पर्यटकलाई स्वागत गर्न नयाँ स्वरूपमा तयार भएको छ। प्राकृतिक दृश्यावलोकन, धार्मिक आस्था र…

मध्यपूर्वको तनावपूर्ण अवस्थाबीच इरान ले आफ्नो हवाई क्षेत्र पुनः खोल्दै विमानस्थलहरू क्रमशः सञ्चालनमा ल्याउन थालेको छ। केही दिनअघिसम्म सुरक्षा जोखिमका…

इरानले Strait of Hormuz हुँदै जाने व्यावसायिक जहाजहरूको आवतजावत खुला गर्ने घोषणा गरेको छ। यो निर्णय लेबनानसँग सम्बन्धित युद्धविराम अवधिसम्म…

प्रतिकृयाहरू
...