Thursday 5th March 2026

पद, पैसा र पगरी


राज मल्ल – कुवेतमा समाज सेवा गर्ने लक्षका साथ अनगिन्ती नेपाली सघं-सस्थाहरु स्थापना भएका छन्। कुनै पनि समाजको नीति त्यसै समाजका सचेत वर्गका मानिसहरूले निर्माण गर्ने हो। सामाजिक नीतिलाई सही बाटोमा हिंडाउनका लागी सामाजिक कार्यकर्ता अर्थात सामाजिक क्षेत्रमा काम गर्ने र समाज सुधारको अपेक्षा गर्ने जो सुकैले ती विषयका बारेमा गहन अध्ययन, मनन र चिन्तन गर्नुपर्ने हुन्छ।

यहाँ सिद्धान्त र व्यवहारबाट खोक्रिएका समाजका सदस्यहरूको नीति तथा नेतृत्वबाट सामाजिक संस्था चल्छ तर त्यसले समाजमा भलो गर्दैन। जो आफ्नै स्वार्थपूर्ति गर्ने तर्फ लाग्छन् र सामाजिक संस्थाको आदर्श तथा व्यवहारको अपव्याख्या गर्ने तर्फ लाग्छन् त्यसले के समाज बनाउला ?त्यस्ता व्यक्तिगत तथा गुटगत स्वार्थभन्दा माथि उठ्न नसक्ने समाजका सदस्यहरूका कारण सामान्य विषय वस्तुहरू जटिल बन्दै जाने क्रम दिन-दिनै बढदै गइरहेको छ कुवेतमा। अझ यथार्थमा भन्नु पर्दा कुवेतमा समाज सेबा भन्दै खोलिएका धेरै सामाजिक संस्थाहरु निश्कृय छन। साउने भेल जस्तै साउनमा(नयाँ नौलोमा) धेरै बग्ने र चैतमा सुक्ने। अझ भन्नु पर्दा शुक्रबार टाइम पास गर्ने हाट बजार जस्तै भएका छन।

समाजका केही झुन्डहरु पैसा फ्याके कै भरमा समाजसेबी बनेर सामाजिक सचेतनामा जगाउन हातेमालो गर्नु भन्दा पनि भाड्ने तिर लाग्ने छन यहाँ। जस पाउनकै लागि समाजसेवा गर्ने मात्र होइन पद र पगरीको लागी हदै सम्म गिर्नेहरु अनी सामाजिक संजालहरुमा समाजसेबी देखिनको लागि मात्र तल्लिन पनि छन उनीहरु। कहिल्यै नेतृत्व नसम्हालेका अनी नेतृत्व सम्बन्धी ज्ञान र सीप नभएकाहरु पनि छन यहाँ। यहाँ सम्म की कोहि कोही त गाउँमा गाउँ समितिमा पनि नबसेको मान्छे यहाँ सिङ्गै संस्थाको अध्क्षय बनेका छन। अब यस्ताले समाज सेवा गर्ने सामाजिक संस्थालाइ कसरी नेतृत्व गर्लान अनी अन्य सामाजिक संस्थाहरु संग कसरी हातेमालो गर्लान ?

आफ्नो संस्थाको स्थापनाको बार्षीक उत्सबमा दान फ्याकेर वा स्पोन्सर लिएर भब्य रुपले मनाउदै स्वघोषित समाज सेवी बनेर स्टेजमा खादा दोसल्ला र सम्मान पत्र ग्रहण गर्दैमा समाज सेवी मान्न सकीन्छ र ? वास्तममै भन्नु पर्दा समाजसेवा भन्दै जति पनि तछाड मछाड गर्दै च्याउ उम्रे झैँ संगठन समुह खोलिएका छन् के साँच्चै समाज सेवाका लागि समर्पित छन त ? के साँच्चै सामाजिक मूल्य, मान्यता र चरित्र बोकेकाहरुले ओगटेका छन् त सामाजिक नेतृत्व ? यो अदृश्य पाटोलाइ कोट्याउनु पर्ने अवस्था आएको छ। अनी दुई-चार पैसा कहिले काही फ्याक्दैमा समाजसेवी र बरिष्ट समाजसेवीको पगरी गुथ्न अनी समाज सेवाको अर्थ बङ्याउन लागि परेका तत्वहरुको पहिचान गर्नु पर्ने बेला आएको छ।

सभ्य र समुन्नत समाज निर्माणको लागि आर्थिक, सामाजिक, साँस्कृितक र प्राविधिक विकाससँगै समाजका सदस्यहरूबीच पारस्परिक सम्मान, समझदारी, मर्यादा र समानता कायम हुनु अति जरुरी छ। समाजमै रहेर आफ्नो दैनिक कार्यहरू सञ्चालन गर्नुपर्ने हुँदा समाजप्रति सबैको उत्तिकै उत्तरदायित्व हुन्छ र हुनु पर्छ। सही र सौहार्दपूर्ण सामाजिक उत्तरदायित्वबाट कुनै पनि ठाउँको मुहार फेरिन सक्छ। यसका लागि सर्वप्रथम संस्थालाई फल्न फुल्न दिनुपर्छ र यसलाई फलाउन मलजल र उचित हेर बिचारको आबस्यक हुन्छ।

समाज र संस्थाबाट हामीले के पाउने भन्दा पनि हामीले समाज र संस्थालाई के दिन सक्छौं,के दिनुपर्छ भन्ने कुरा बढी महत्व हुन्छ।मानिसले चाहे भने समाज र संस्थालाई एक सम्पन्न,सार्थक, शक्तिशाली र सुविधासम्पन्न बनाउन सक्छ तर संकीर्ण सोच र प्रदुषित मस्तिष्कले यस्तो कुरा सम्भव हुँदैन। सामाजिक संस्थाका सबै सदस्यहरुले पारस्पिरिक सौहार्दता, भाइचारा, मर्यादा, आत्मीयता, विश्वास कायम गरेर अगाडि चल्न सके मात्र त्यो समाज शान्ति र सभ्यताको मार्गमा अगाडि बढ्न सक्छ। जबसम्म एकले अर्कालाई माया, ममता, सद्भाव र सम्मान प्रकट गर्नुको सट्टा अमानवीय व्यवहार गर्छ तबसम्म त्यो मानिस घरपरिवार, आफन्तजन, समाज र देशकै लागि सभ्य कहलाउन सक्दैन।

समाजप्रति गौरब गर्न नसक्ने सदस्यले समाजसेवा, नागरिक समाज, सामाजिक संस्थालाई बुझ्न सक्दैनन्। त्यसले समाज र समुदायबाट बाट के पाउछु भन्दा पनि समाज र समुदायको हितका लागि के गर्न सकिन्छ भन्ने तर्फ सबैले सोच्नु पर्ने बेला आएको छ। फुटेर होइन जुटेर जानु पर्छ र सबैले सबैलाई साथ-सहयोग गरेर जानु पर्छ भन्ने भावनाको बिकास गर्न ढिलो भैसकेको छ।आजै बाट म र मैले गरेको मात्र राम्रो अनी ठिक भन्ने भावनालाई त्याग्दै हामी र हाम्रो काम राम्रो काम तिर लम्कने पो हो कि?


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...