Wednesday 14th January 2026

कुवेतमा रक्सी फ्याक्ट्री चलाउने चार नेपाली पक्राउ


तितोपाटी – कुवेतको जाबर अल-अहमद एरियामा रक्सी फ्याक्ट्री चलाउने चार नेपालीलाई स्थानिय पुलिसले पक्राउ गरेको छ । यो समाचार अनलाइन पेज अाइमन माट मा प्रकाशित भएको छ । उनीहरूका साथमा रक्सी बनाउन तयारी अबस्थामा रहेको कच्चा पदार्थ तथा तयारी अबस्थाको रक्सी समेत भारी मात्रामा पक्राउ गरेको सुरक्षा अधिकारीलाइ हवाला दिंदै अाइमन माटमा लेखिएको छ ।

सुरक्षा अधिकारीहरूले रक्सी भट्टीमा छापा मार्दा २ जना परूष र २ जना महिला पक्राउ परेका हुन ।  उनीहरुले रक्सी फ्याक्ट्री संचालन गरि अत्याधिक मात्रामा रक्सी वनाउने र बेच्ने गर्दै आएको जनाइएको छ । पुलिसले मदिरा बनाउने पदार्थ साथै तयारी अवस्थामा रहेको रक्सी सहित पक्राउ  गरेको हो ।

कुवेतमा मदिराको कारोबार लगायत उत्पादन गर्न निषेधित छ । केही समय पहिले पनि नेपालीहरु रक्सी तथा लागू औषध काण्डमा पक्राउ परेका थिए । कुवेत सरकारले मदिरा, लागू औषध तथा वेश्यावृत्तिमा लाग्ने जो कोहिलाई पनि कडा भन्दा कडा कारबाही गर्दछ ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...