Friday 26th June 2026

कपाल यति लामो कि जस्ले गिनिज बुक अफ वर्ल्ड रेकर्ड नै कायम गर्यो


तितोपाटी – महिलाको साैन्दर्यको एक पाटो कपाल हो । सर्लक्क परेको चम्किलो कालो कपालले मुहारको सुन्दरतामा निखार ल्याउँछ । तर हामी नेपाली महिलाहरूमा अाजकल पश्चिमा फेसनको भुत चढेको कारण कपाल छोटो बनाउने देखि प्राकृतिक कपालको स्वरूप विगारेर रंगीविरंगी कपाल बनाउनेको प्रतिस्पर्धा नै हुने गरेको छ । संसार भर पुरूषले कपाल काट्ने र महिलाले कपाल राख्ने प्रचलन उत्पतिकाल देखिको चलि अाएको हो । सोही कपाल पालीरहँदा यति लामो हुन्छ कि गिनिज बुक अफ वर्ल्ड रेकर्ड नै कायम गर्न सकिन्छ । हाम्रो समाजमा कपाल मुठार्ने होड चलिरहँदा भारतमा भने कपाल पालेकै कारण एक किशोरीले विश्वरेकर्ड कायम गर्न सफल भएकी छन् ।

भारतीय किशोरी नीलांशी पटेल, १६, ले १० वर्षदेखि कपाल काटेकी छैनन् । ६ वर्षकी हुँदा कपाल छोट्याउन खोज्दा बिग्रिएको झोँकमा उनले कहिल्यै नकाट्ने संकल्प गरेकी थिइन् । उनको पाँच फुट सात इन्च लामो कपाल हालै गिनिज बुकमा दर्ता भएपछि देशी-विदेशी सञ्चार माध्यममा थामी नसक्नु चर्चा छ ।

लामो कपालकै कारण गुजराती नीलांशीलाई उनका साथीहरुले चर्चित कार्टुन पात्र ‘राम्पुञ्जेल’ भन्दै आएका छन् । ‘मानिसहरु मलाई लामो कपालका कारण, समस्या उत्पन्न हुन्न ? भन्दै प्रश्न गरिरहन्छन् ।’ उनी मुस्कुराउँछिन्, ‘कपालकै कारण मलाई समस्या भएको छैन । धेरै खेल्छु र दौडधूपमा हुन्छु । कपाल मेरा लागि लक्की चार्म हो ।’ खेलकुदमा भाग लिँदा कपाललाई गुजुल्टो पार्ने गरेको उनले बताइन् ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

लेबनानले १२८ जना सिरियाली दोषी ठहरिएका कैदीहरूलाई उनीहरूको स्वदेश सिरियामा हस्तान्तरण गरेको एक लेबनानी सुरक्षा स्रोतले बुधबार एएफपीलाई जनाएको छ।…

अमेरिकी राष्ट्रपति Donald Trump को महत्वाकांक्षी परियोजनाका रूपमा हेरिएको ‘गोल्डेन डोम’ मिसाइल प्रतिरक्षा प्रणालीले आफ्नो पहिलो लाइभ इन्टरसेप्ट परीक्षण सफलतापूर्वक…

प्रतिकृयाहरू
...