Wednesday 25th March 2026

भुपु बिद्यार्थी मञ्चको पहलमा मृगाैला पीडितलाई सहयोग, उल्लेख्य सहयोग जुट्यो


तितोपाटी – जन्मजात एक मात्र मिर्गौला भएका र त्यही मिर्गौला पनि खराब भई पश्चिमाञ्चल क्षेत्रिय अस्पातल पोखरामा डाइलीसिस गराई रहेका पर्बत जिल्ला महाशिला गाउपालिका ४ पाखापानी डाडाघर निवासी हेम बहादुर रेग्मीको उपचारको लागि श्री स्वधर्म माबि पाखापानीमा बिगत ८ बर्षदेखी कृयाशिल सँस्था भुपु बिद्यार्थी मञ्चको बिशेष पहलमा दुई लाख भन्दा बढी रकम संकलन हुने भएको छ ।

मिर्गौला लगायत मुटु र फोक्सोका बिरामी हेम बहादुर रेग्मीलाई पाखापानीबाट देश बिदेशमा रहेका आफन्त स्कुले सहपाठी बिद्यालयका गुरुवर्ग समाजसेबी सबैले मञ्चको आह्वानलाई साथ दिदै सहयोग गरेको सँस्थाका अध्यक्ष अर्जुन भुसालले बताएका छन । यसै सहयोग अभियान अन्तरगत आज सम्म मञ्चलाई पराप्त भएको रु १२७१५६ सहयोग अभियान संचालक सँस्था भुपु बिद्यार्थी मञ्चका सल्लाहाकार र कार्यसमिती सदस्यहरुले अस्पातल पुगेर हस्तान्तरण गरेका छन भने अरु उठ्ने रकम अर्को चरणमा छिट्टै हस्तान्तरण गर्ने जानकारी सँस्थाले दिएको छ ।

घोषणा गरेका सबै सहयोगीले सहयोग छिट्टै उपलब्ध गराउने वचन दिएकोले अन्तिम सम्म के कती रकम जम्मा हुन्छ सबै खुलस्त रुपमा जानकारी दिने सँस्थाले बताएको छ । सहयोग गर्ने सबैको नाम र रकम आफ्नो फेसबुकमा अपडेट गरेको अध्यक्ष अर्जुन भुसालले बताए।
भुपु बिद्यार्थी मञ्चका बिदेश बिभाग प्रमुख धुर्ब बहादुर रेग्मी, महासचिव राम रेग्मी,उपाध्यक्ष दिपक पौडेल,कोषाध्यक्ष बिष्णु अधिकारी, संस्थापक सदस्य ईन्द्र बहादुर रेग्मी (राजु)सहित बरिस्ट सल्लाहाकार अम बहादुर रेग्मी र सल्लाहकार लाल बहादुर रेग्मीले अस्पातल पुगी चेक हस्तान्तरण गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...