Friday 4th September 2026

दाङमा सोलारको ब्याट्री पड्केर अागलागी हुँदा एकै घरका ३ बालबालिकाको मृत्यु


तितोपाटी – दाङको बंगलाचुली गाउँपालिका–८ गुराँशेमा बिहीबार राति आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । नवराज पुनको घरमा आगलागी हुँदा उनका ७ वर्षीय छोरा कृष्णबहादुर पुन, ५ वर्षीया छोरी अस्मिता पुन र २ वर्ष ६ महिनाकी छोरी अन्जु पुनको मृत्यु भएको छ ।

एक वर्ष चार महिनाको छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमै सुताएर श्रीमती जीवना पुन र नवराज झारफुक गराउन गाउँमा गएको बेला सोलारको ब्याट्री पड्किएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बताएका छन्। आगोले जलेर ७ वटा बाख्रा ४ वटा गाईसमेत मरेको उनले जानकारी दिए।

यसैगरी तुलसीपुर उपमहानगरपालिका ५ बिरेन्द्रचौकस्थित अन्पूर्ण ट्रेडर्समा शुक्रबार विहान आगलागी भएको छ ।

बिहान ६ बजेदेखि लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको थियो । भीमप्रसाद घिमिरेले आफ्नै घरमा सञ्चालन गरेको जुताको होलसेल पसलमा बिहान एक्कासी आगोको मुस्लो निस्किएको थियो ।

मानिसहरु बाहिर निस्कन सफल भएकाले मानवीय क्षति नभएको र अन्य क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको भनाइ छ । आगोबाट करोडौंको क्षति भएको पसल सञ्चालन घिमिरेले बताएका छन् । आगो निभाउन प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीयवासी खटिएका थिए ।


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका…

इजरायलले बिहीबार दक्षिणी लेबनानको रणनीतिक Ali al-Taher Ridge क्षेत्रमा आफ्नो ‘अपरेसनल नियन्त्रण’ कायम गरेको घोषणा गरेको छ। यो घोषणा रोयटर्सले…

केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्। टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥ न फर्किन्छन् ती जीवनमा, न भुल्नै…

प्रतिकृयाहरू
...