Friday 4th September 2026

विवाह पञ्चमीको अवसरमा उत्तरप्रदेशका मुख्यमन्त्री योगि अादित्यनाथ जनकपुरमा


तितोपाटी – भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन्। रामजानकी विवाह पञ्चमीमा सहभागी हुन मुख्यमन्त्री योगी बुधबार बिहान ११ बजे जनकपुर आइपुगेका हुन्। योगीलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरीले स्वागत गरेका छन्।

उनी जनकी मन्दिरमा पूजा आजा गरी मधेस भवन तर्फ लागेका छन्। योगीको सम्मानमा मुख्यमन्त्री राउतले विशेष भोजको आयोजना गरेका छन्। त्यसपछि योगी रामजानकी विवाह कार्यक्रममा सहभागी हुन रंगभूमि जानेछन्।

भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राम र सीताको जीवन नेपाल-भारत दुई देशको धर्म, संस्कृति र सभ्यताको अभिन्न अंग भएको बताएका छन्। जानकी मन्दिरमा दर्शन पछि उनले त्यहाँ लेखेको सन्देशमा राम-सीताको जीवनले सधैँ प्रेरित गरिरहने उल्लेख गरेका छन्।

‘विवाह पञ्चमीको अवसरमा जनकपुरमा पूजा अर्चना गर्ने र जनकको भूमिमा आउने अवसर प्राप्त भएकोमा आफूलाई धन्य मानेको छु’, उनले लेखेका छन्।

‘राम र सीताको जीवन नेपाल र भारतको धर्म, संस्कृति तथा सभ्यताको अभिन्न अंग हो’, उनले लेखेका छन्, ‘उहाँहरूले जुन आदर्श तथा मूल्यको पालना गर्नुभयो, ती सर्वभौम छन् र हामी सबैलाई प्रेरणा प्रदान गरिरहन्छ।’

उनी विवाह पञ्चमी कार्यक्रममा सहभागी हुन जनकपुर आइपुगेका हुन्।

उनको सन्देश जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका…

इजरायलले बिहीबार दक्षिणी लेबनानको रणनीतिक Ali al-Taher Ridge क्षेत्रमा आफ्नो ‘अपरेसनल नियन्त्रण’ कायम गरेको घोषणा गरेको छ। यो घोषणा रोयटर्सले…

केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्। टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥ न फर्किन्छन् ती जीवनमा, न भुल्नै…

प्रतिकृयाहरू
...