Friday 11th September 2026

जुम्लामा ललाइ फकाइ गरेर १३ वर्षीया किशोरीलार्इ बलात्कार


तितोपाटी – जुम्लामा ललाइ फकाइ गरेर एक बालिकामाथि बलात्कार भएकाे छ। चन्दननाथ नगरपालिका ८ धरालबाडामा  ४८ बर्षीय लक्षिराम रोकायाले १३ बर्षीया बालिकालाई बलात्कार गरेका हुन्। राति सुतेको अवस्थामा आफ्नै घरमा बलात्कार गर्दै गरेको भेटेपछि आफन्तले उनलार्इ नियन्त्रणमा लिएका थिए।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक प्रकाश केसीका अनुसार राेकायाले बालिकालार्इ चाउचाउ, बिस्कुट दिएर ललाइ फकाइ गर्ने गरेका थिए। बलात्कारको घटना गाउँमै मिलाउने अधिकतम प्रयास भएपनि आफन्तले नमान्दा प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको हो। बलात्कार गर्ने लक्षिराम प्रहरी नियन्त्रणमा छन्। प्रहरी निरिक्षक केसीले बालिका बलात्कारको मुद्दा दर्ता भइसकेको र अभियुक्तलाई पक्राउ गरेर म्याद थप गरिएकाे बताए।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...