Monday 24th August 2026

अमृत तामाङलार्इ नेतृत्व हस्तान्तरण गर्दै अादिवासी जनजाती महासंघ कुवेतको तेश्रो अधिवेशन सम्पन्न


तितोपाटी – आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो अधिवेशन सम्पन्न भएको छ। गत शुक्रबार फर्वानिया स्थित आइडितल अडिटोरियम हलमा सम्पन्न तेस्रो अधिवेशनले अमृत तामाङको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । पुर्व कार्यकालमा महासचिव रहेका तामाङलार्इ सर्व सम्मतिले अध्यक्ष चयन गरिएको हो ।

नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिव ज्ञान बहादुर मगरको प्रमुख अातिथ्य तथा महासंघका बल बहादुर काम्बाङको सभाध्यक्षतामा सम्पन्न उक्त अधिवेशन समारोहमा कुवेतमा कृयाशिल संघ सँस्थाका पदाधिकारी तथा प्रतिनीधिहरू, पत्रकारहरू, प्रबुद्द वर्ग  अतिथिका रूपमा रहेका थिए भने अधिवेशन कार्यक्रममा प्रतिनीधि, पर्यवेक्षक लगायत महासंघ सम्बद्ध दाजुभार्इ तथा दिदी बहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कुवेतमा कृयाशिल संघ सँस्थाका पदाधिकारीहरू तथा प्रतिनिधिहरूबाट शुभकामना मन्तब्य दिइएको उक्त अधिवेशन कार्यक्रमलार्इ सम्बोधन गर्दै प्रमुख अतिथिले हालैका दिनमा सामाजिक संजालमा भार्इरल भर्इरहेको नेपाली कामदार वार्षिक छुट्टीमा जाँदा श्रम इजाजत नविकरणको लागि दूतावासबाट लिनु पर्ने शिफारिस पत्र बारेमा स्पष्ट पारेका थिए भने अधिवेशन कार्यक्रम संयुक्त रूपमा नैनकला रार्इ र दिलकुमार पाख्रीनले  संचालन गरेका थिए ।

अधिवेशनमा मनु भुजेल मगरको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले निर्वाचन प्रकृया पुरा गरि नयाँ कार्य समिति चयन गरिएको थियो भने नव गठित कार्य समिति तपसिल वमोजिम रहेको छ ः

अध्यक्ष – अमृत तामाङ
उपाध्यक्ष – बल बहादुर काम्बाङ
उपाध्यक्ष – राजु गुरुङ
उपाध्यक्ष – मधु माया मगर
उपाध्यक्ष – टिकाराम सुनुवार
महासचिव – मन्जित राई
सचिव – दिल कुमार पाख्रीन
कोषाध्यक्ष – मोहन राई
सहकोषाध्यक्ष – राजन श्रेष्ठ
प्रबक्ता – राज कुमार राई
सदस्य – यम गुरुङ
सदस्य – कृष्ण बहादुर तामाङ
सदस्य – सुरेश गुरुङ
सदस्य – प्रकाश राई
सदस्य – पासङ शेर्पा
सदस्य – माया राई
सदस्य – उमा तमुस्यो
सदस्य – डोल्मा तामाङ
सदस्य – शोभा गुरुङ
सदस्य – जय प्रकाश सुनुवार
सदस्य – रोशन राई
सदस्य – मेनुका सुनुवार
सदस्य – उमेश राई
सदस्य – युबराज राई
सदस्य – डेन्डी शेर्पा
सदस्य – सुक गुरुङ
सदस्य – निर्मला राई
सदस्य – सीता गुरुङ
सदस्य – सुरज मास्के
सदस्य – राजु गोले
सदस्य – आङ फुर्ली शेर्पा
सदस्य – रमिता योन्जन
सदस्य – यम गुरुङ
सदस्य – सुक गुरुङ


सम्बन्धित शीर्षकहरु

भौगोलिक रूपमा विकट भए पनि डिजिटल पहुँचबाट टाढा नरहने उद्देश्यसहित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको 4G टेलिफोन तथा…

अन्वेषणको इतिहासमा एउटा अचम्मलाग्दो तथ्य छ—नजिक हुनु भनेको सधैँ पहिले पत्ता लाग्नु होइन। पृथ्वीबाट अरबौँ किलोमिटर टाढा रहेको अरुण ग्रह…

वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाएका सबैभन्दा शक्तिशाली cosmic rays मध्ये एक अमातेरासु (Amaterasu) नाम दिइएको कणले वैज्ञानिकहरूलाई चकित बनाएको छ। यसको…

प्रतिकृयाहरू
...