Monday 17th June 2024

धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, २ घाइते


तितोपाटी – धादिङको गल्छी गाउँपालिकास्थित गोगनपानीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

गोगपानीबाट थाक्रे गाउँपालिकाको महादेवबेसीतर्फ जाँदै गरेको ना ५ ख ६६४७ नम्वरको मिनी ट्रक ठुलोपाखा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। अनियन्त्रित भई ट्रक सडकबाट करिव एकसय पचास मिटर तल खोचमा खसेको थियो। दुर्घटनामा परी मृत्यु हुनेमा ट्रकका साहु थाक्रे मान्खु निवासी २५ वर्षीय साजन सुनार रहेका छन्। उनको घटनास्थलमा नै मृत्यु भएको हो।

दुर्घटनामा दुईजना गम्भीर घाईते भएका छन्। उनीहरुको काठमाडाैं स्थित अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।


सम्बन्धित शीर्षकहरु

समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ। सोमबार वेस्ट…

इटाली र जर्मनीले युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शर्त अस्वीकार गरेका छन् । व्यापक छलफलपछि स्विट्जरल्याण्डमा युक्रेनले…

पुष्कर अथक रेग्मी - साहित्यकार वनमाली निराकारद्वारा लिखित एवं अर्चना शर्मा बिष्ट र आरति शर्मा आचार्यद्वारा प्रकाशित कविता संग्रह 'मान्छेका…

प्रतिकृयाहरू
...