Friday 4th September 2026

पाल्पामा वृद्ध दम्पतीद्वारा झुण्डिएर अात्महत्या


तितोपाटी – पाल्पामा वृद्ध दम्पत्तीले झुण्डिएर आत्महत्या गरेका छन्। माथागढी गाउँपालिका–५, गोहेलुङका दम्पत्तीले घर नजिकैको जंगलमा पासो लगाएर आत्महत्या गरेका हुन्। अात्महत्या गर्नेमा गोहेलुङका ७६ वर्षीय पूर्णबहादुर सारु र उनकी ६६ वर्षीय श्रीमती हरिसरा सारु रहेकाे पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए।

वृद्ध दम्पत्तीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा ल्याईएको उनले बताए। आत्महत्या गर्नुको कारण भने अनुसन्धानको क्रममा रहेको घिमिरेले बताए।

शनिबार दिउँसो वृद्ध दम्पत्ती नातिनी कल्पनासँगै आफ्नै खेत फोक्सिङछापमा दाई गर्न गएका थिए। शनिबार साँझ नातिनी सहित पूर्णबहादुर घर फर्केको बुहारी हलिसराले बताईन्। सासूआमा हरिकला भने शनिबार साँझ घर फर्केकी थिईनन्। आइतबार बिहान पूनः पूर्णबहादुर खेतमा जान्छु भन्दै हिँडेका थिए। आइतबार दिउँसो गाउँका स्थानीयले वृद्ध दम्पत्तीलाई मृत फेला पारेका हुन्। दुवै दम्पत्तीले जंगलको रुखमा सलले पासो लगाएर आत्महत्या गरेको बताइएको छ। डिएसपी घिमिरेले श्रीमती हरिकलाले पासो लगाई आत्महत्या गरेको देखेर श्रीमान् पूर्णबहादुरले उक्त शल काटेर आफुले पनि आत्महत्या गरेको प्रारम्भिक रुपमा देखिएको बताए।

वृद्ध दम्पत्तीका एकमात्र छोरा दिलबहादुरको ३३ वर्षको उमेरमा टिबिका कारण मृत्य भएको उनकी श्रीमती हलिसराले बताइन्।


सम्बन्धित शीर्षकहरु

इजरायलले बिहीबार दक्षिणी लेबनानको रणनीतिक Ali al-Taher Ridge क्षेत्रमा आफ्नो ‘अपरेसनल नियन्त्रण’ कायम गरेको घोषणा गरेको छ। यो घोषणा रोयटर्सले…

केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्। टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥ न फर्किन्छन् ती जीवनमा, न भुल्नै…

 खैबर शिकन,  इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले विकास गरेको मध्यम दूरीको ब्यालिस्टिक मिसाइल हो। यसको नामको अर्थ करिब…

प्रतिकृयाहरू
...