Saturday 18th April 2026

च्याट लव


तीतोपाटी- त्यतिखेर ऊ सदरमुकाम बसेर क्याम्पस पढ्दै थियो ,म गाउँकै क्याम्पस पढ्थेँ । म अफलाइन हुन्थेँ, ऊ म्यासेज छोड्थ्यो । एक किसिमको च्याट लभमा थियौं हामी ।

“खाना खायौ ?” 

“उम” हजुरले ?”

“अब खाने”

“किन ढिलो “

“त्यत्तिकै

“चामल सकियो छ

“तरकारी “

“आलुको अचार बनाएको “

“खै हेरुँ ?”

एकैछिनमा आलुको अचारसँग मुछेको निस्तो भातको फोटो आयो ।

“मलाई खोइ ?”

अर्को फोटोमा उसको हातमा भातको गाँस थियो ।

“मीठो रहेछ” 

“यस्तै छ यार”

“ठिक छ त भोक हुनुपर्छ अनि पो मीठो हुन्छ ,सधै माछा मासु स्वास्थ्यको लागि पनि फाइदाजनक हुन्न ।”

बरु दाल ,गेडागुडी भिजाएर पकाउनु ,म आएपछि मासु पाक्दैन हजुरको भान्सामा 

“तिमीलाई मन पर्दैन “

“अहँ “

“तिमीलाई बानी पारिहाल्छु नि म “

“मैले चाहिँ बानी छुटाउन सक्दिनँ र?”

हो यस्तै कुरा हुन्थ्यो हामीबिच ,उसको दुख सुखलाई म आफ्नै सोच्न थाल्ने भएको थिएँ, ऊ पनि मलाई नै भविष्य सम्झन थालेको थियोे ।

मोबाइलमा ब्यालेन्स रिचार्ज गर्दा हामी आधा आधा गर्थ्यौ । फेसबुकमा मैले कसैसँग मजाक गरेको म्यासेज भेटियो भने उसलाई हर्ट अट्याक् होला जस्तो हुन्थ्यो रे , मलाई झन् के के पो हुन्थ्यो सिंगो 

रात आँसु पुछेर बिताउँथे, टाउको दुखेर फुट्ला जस्तो हुँदा पनि आफ्नो माया नलाग्ने ,उसैलाई सम्झेर रोइरहन मन लाग्ने

अहिले सम्झेर कस्तो कच्चा बुद्धि पनि रहेछ मेरो जस्तो लाग्छ । सानो कुरामा पनि खुब दुख्थेँ ,रुन्थेँ ।

आँसुको माया, आँसुमै बगिरह्यो ।

फेसबुकबाट जोडिएका हामी देखभेट नभइकन छुट्टियौ । सायद म उसको जीवनको लायक थिइनँ, लत मात्रै थिएँ । उसले फुर्सदको समय सदुपयोग गरेको हो भनेर विश्वास गर्नै सक्दिनँ । धेरै पछि उसलाई सर्च गरेर हेरेँ , दुःखी देखिनँ । खुसीको बहार बनेर उसको छातिमा मुस्कुराइरहेकी थिइ, एउटै बेन्चमा बसेर पढेकी मेरै सखी ।

साभार-अनामिका संजाल


सम्बन्धित शीर्षकहरु

लन्डनबाट आएको एक विश्लेषणले देखाउँछ कि अमेरिका–इजरायल–इरानबीचको द्वन्द्व अब टाढाको समस्या मात्र रहेन। यसको असर ग्लोबल साउथका देशहरूमा सिधै देखिन…

कुवेत सरकारले केहि विशेष क्षेत्रका कामदारहरूलाइ अागामी १ मे २०२६ देखि ३० जुन २०२६ सम्मको अवधिमा अन्य क्षेत्रमा रोजगारदाता परिवर्तन…

दार्जिलिङ — लेबोङस्थित Gorkha Stadium मा निर्धारित चुनावी सभामा भारतीय गृहमन्त्री Amit Shah प्रत्यक्ष उपस्थित हुन नसकेका छन्। प्रतिकूल मौसमका…

प्रतिकृयाहरू
...