Saturday 11th January 2025

युएइ काम गर्न अाएका चितवनका सुमन दुबै मृगाैला बिग्रेर खलिफा अस्पतालमा, बचाइदिन परिवारको अाग्रह


तितोपाटी – रोजगारीका लागि साढे दुई वर्षअघि युएई आएका रत्ननगर-२ टाँडी चितवनका सुमन परियार यतिबेला रोगले थलिएका छन् । दुबै मिर्गाैला बिग्रेपछि उनी दुई सातादेखि अबुधाबीको खालिफा अस्पतालमा उपचाररत छन् ।

दुई सातादेखि वाकवाकी लाग्ने, खाना खान मन नलाग्ने भएपछि सुमन कार्यरत पारल ग्रुप अन्तर्गत डेल्मा मल टिम हर्टन कफीका म्यानेजर चितवनकै सञ्जु तमुले स्वास्थ्य जाँचको प्रबन्ध मिलाइदिए ।

अस्पतालमा चेकजाँच पछि सामान्य रिपोर्ट आउने आश गरेका परियारको जीवनमा सोच्दै नसोचेको रिपोर्ट आयो । चिकित्सकले उनको दुवै मिर्गौलाले काम गर्न छोडिसकेको बताए ।

धन कमाएर परिवारलाई केही खुसी दिने सपनासहित युएई आएका उनको जीवनमा सोच्दै नसोचेको बज्रपात आइलाग्यो । जेनतेन आफूलाई सम्हालेका सुमनले परिवारलाई आफ्नो स्वास्थ्यका बारेमा निकै साहस जुटाएर सुनाए ।

परिवारको एकमात्र छोरो परदेशमा यसरी थलिएपछि बुबाआमालाई कस्तो भएको होला ? उनी महसुस गर्छन् । गहभरी आँसु पार्दै बाबुआमालाई आफूलाई केहीँ नहुने बताइरहेका छन् ।

सुमनलार्इ बचाइदिन परिवारको अाग्रह

परदेशको अस्पतालमा छोरो छटपटाइ रहेको खबर सुनेका सुमनका परिवारले उनलाई बचाइदिन सबैसँग आग्रह गरेका छन् ।

परिवारका कोहीँ सदस्यले भएपनि मिर्गौला दिने तर उपचारा लाग्ने खर्च एक्लैले जुटाउन नसक्ने जनाएको छ । त्यसका लागि देशविदेशमा रहेका सबैलाई सहयोगको लागि आग्रह गरेका छन् ।

परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा लाग्ने रकम जुटाउन सक्ने अवस्था छैन । बुबाआमाको कपडा सिलाउने पेशाले घर परिवार चलाउन कठीन छ ।

बुबाआमाको साहराका लागि केहीँ समयअघि छुटि्टमा नेपाल गएर सुमनले बिहे गरेका छन् । परिवार थपिएपछि अहिले घरखर्च पनि थपिएको छ । तर, कमाउने छोरो रोगले थलिएपछि अब के गर्ने ? सुमनको परिवार चिन्तामा छ ।

समय समयमा डायलासिस गराइरहनु पर्छ । अहिलेसम्म ६ पटक डायलासिस भइसकेको छ । युएइमै उपचार गराउने गरी कम्पनीले समन्वय गरिरहेको छ ।

म्यानेजर तमुले सुमनका परिवारको कोहीँ सदस्यलाई यहीं ल्याएर उनको उपचार र रेखदेखमा सहज बनाउने प्रयत्न भइरहेको जनाए । अहिले कम्पनीकै साथीभाइले समय मिलाएर उनको रेखदेख गरिरहेका छन् ।

सुमन आफैले अस्पतालको बेडबाट सहयोगका लागि याचना गरिरहेका छन् ।

सहयोगका लागि पहल सुरु

अस्पताल पुगेर सुमनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर फर्किएका गायक प्रकाश पौडेल र पत्रकार उमाकान्त पाण्डेले सहयोगका लागि पहल सुरु गरेका छन् ।

गायक पौडेलले उनको रेखदेखका लागि नेपालबाट श्रीमती सबिता परियार ल्याउन सघाउने बताए । भिसाको प्रबन्ध भएको र हवाइ खर्च र बाँकी उपचार खर्चका लागि सहयोग जुटाइरहेको पत्रकार पाण्डेले बताए ।

कम्पनीका साथीहरुले ५ हजार दिराम सकंलन गरिसकेका छन् । अन्य सहयोग जुटाउन यहाँ रहेका नेपाली र संघ संस्थालाई आहृवान गरिएको छ ।

उनलाई सहयोग गर्न चाहनेले चितवनमा सुमनका बाबु शितलबाबु परियारलाई ९८४५४०६३५४ र आमा चन्दा परियारलाई ९८४५५२३३१९ मा सम्पर्क गर्न सकिनेछ ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

जर्मनीको रामस्टेन एयर बेस: बसर अल असदको सरकारलाई अपदस्थ गरेपछि दाइस समूह (जसलाई आईएसआईएस पनि भनिन्छ) लाई प्रमुख खतराको रूपमा…

विस्कॉन्सिन विश्वविद्यालय-म्याडिसनका इन्जिनियरहरूले फ्युजन रिएक्टर भित्रको कठोर अवस्थाको सामना गर्न सक्ने नयाँ वर्कहर्स सामग्री उत्पादन गर्न स्प्रे कोटिंग प्रविधि प्रयोग…

च्याट जीपीटी निर्माता ओपनएआईका सीईओ साम अल्टम्यानलाई उनकी बहिनीले यौन शोषणको आरोप लगाएकी छन्। यस मामिलामा सामकी बहिनी एन ओल्टम्यानले…

प्रतिकृयाहरू
...