Saturday 11th May 2024

कुवेत विमानस्थलबाट हुने सम्पूर्ण उडान बन्द


बसन्त थापा, कुवेत – भारी वर्षाका कारण कुवेत अन्तराष्ट्रिय बिमानस्थलबाट अनिश्चित कालको लागि उडान र अवतरण बन्द गरिएको छ । लगातार दुई दिन देखि परेको अबिरल वर्षाका कारण कुवेत अन्तराष्ट्रवय बिमानस्थल तथा कुवेतको जनजिवन प्रभावित भएको हो।

बुधवार देखि लगातार पेरेको वर्षाका कारण कुवेतका अधिकांश क्षेत्र डुवानमा परेको हो । कुवेतको हवाई अड्डामा आवतजावत बिमान खराब मौसमका कारण हिजो रातिबाट रद्द गरिएको छ भने कुवेतका अधिकांस शहर र सरकारी कार्यालयहरु समेत डुबानमा परेका छन ।यो मौंसम परिबर्तन र बर्षातको समय अझ केही दिन रहन सक्ने मौसमविद्ले जनाएका छन।

खराब मौसमको कारण बिमान ऊडान र अबतरणमा समस्या सामना गर्नुपरेको बताऊदै भारी बर्षाको कारण ऊडानहरु जीसीसी हवाई अड्डामा फर्काईएको छ भने ट्रान्जिटबाट आऊने ऊडानहरुलाई  होल्ड गरिएको छ।

यहाका सरकारी कार्यलयहरु तथा विद्यालय र कलेजहरु समेत डुवानमा परेपछी पठन-पाठनमा असर परेको छ । वर्षाका कारण कुवेतका निजी तथा आवासीय विद्यालय बन्द भएका छन् भने विद्यार्थीको आवतजावत र पढाइमा समेत प्रत्यक्ष प्रभाव पारेको जनाउदै निजी तथा आवासीय विद्यालय, कलेज, बुधवारबाट चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको तथा सरकारी निर्णय अनुसार सार्बजानिक बिदा दिएको मौसम पूर्वानुमान साखाले जनाएको छ ।

वर्तमान स्थितिको अनुसार मौसमको स्थिति झनै अस्थिरता बन्दै गएको र सोही अस्थिरता शुक्रवार सम्म जारी रहने छ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - "हाम्रो ब्लडबैंक हामी बनाउँछौं, मनैदेखि सहयोग गरौ" भन्ने नाराकासाथ नेपाल रेडक्रस सोसाइटी पाल्पाको रक्तसंचार सेवा केन्द्र स्थापनार्थ…

बेलायती औषधि कम्पनी अस्ट्राजेनेकाले विश्वव्यापी रुपमा आफ्नो कोभिड–१९ विरुद्धको खोपको खरिद बिक्री रोक्ने निर्णय गरेको छ । कोरोनाभाइरसको नयाँ–नयाँ 'भेरिअन्ट'…

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन…

प्रतिकृयाहरू
...