Monday 5th October 2026

संसारकै पहिलो अन्डरवाटर होटल माल्दिभ्समा


तितोपाटी – संसारको पहिलो अन्डरवाटर होटल माल्दिभ्समा खुलेको छ । यहाँ बस्न चार रातको प्याकेज दुई लाख डलर अर्थात् दुई करोड ३० लाख रुपैयाँ पर्ने बताइएको छ । यद्यपी, यहाँ एक रात बस्ने सुविधा नदिई पूरा प्याकेज लिन आवश्यक छ । समुन्द्रभित्र यो होटललाई मारदिभ्स रंगाली आइसल्याण्ड एण्ड रिसोर्टले बनाएको छ ।

अण्डरवाटर होटलको बेडरुमको भित्ता सिसाले बनेको छ । जहाँबाट समुन्द्रको दृश्य देख्न सकिन्छ । समुन्द्रको १६ फिट गहिराइमा बनेको यो होटलमा प्राइभेट जिम, सेफ, बार र पूलजस्ता विलासी सुविधा उपलब्ध छन् । मुराकमा बस्नेहरुका लागि ९० मिनेटको मसाज र स्पिड बोटको सुविधा पनि रहेको छ ।

दुई तल्ले यो होटलको नाम ‘मुराका’ राखिएको छ । स्थानीय भाषामा यसको अर्थ हो समुन्द्री मुगा । मुराकाको माथिल्लो तल्लो पानी बाहिर बनेको छ जहाँको रिल्याक्सेशन डेकमा पाहुनाले मज्जाले घाम ताप्न सक्छन् ।

मुराकालाई बनाउँदा वातावरणको पूरा ख्याल राखिएको छ । यसमा स्टिल, ग्लास, एक्रेलिक र कंक्रिटको प्रयोग गरिएको छ । सिंगापुरमा यसलाई तयार गरेर विशेष जहाजबाट माल्दिभ्स ल्याएर समुन्द्रभित्र सेट गरियो । तीब्र छालबाट बचाउनका लागि यसलाई बलियो खम्बाले बाँधिएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...