Tuesday 24th March 2026

कोरियामा एक नेपाली कामदारको मृत्यु


तितोपाटी – दक्षिण कोरियामा काम गर्न आएका एक नेपाली युवाको मंगलबार निधन भएको छ।‍ झल्लाबुक्दो प्रान्तको यान्जीस्थित एक प्लाष्टिक कम्पनीमा कार्यरत पाँचथरका राजेश तुम्बापोको मेसिनमा चेपिएर मृत्यु भएको हो । स्थानिय समय अनुसार बिहान आठ बजेतिर नै काम गर्ने सुरुवातीमा उनको घटनास्थलमै निधन भएको थियो । मेसिनको आवाज नसुनेपछि सँगै काम गर्ने साथी गएर हेर्दा राजेशलाई मेसिनमा चेपिएको अवस्थामा भेटिएको थियो ।

उनी कार्यरत कम्पनीमा नेपालबाटसँगै आएका २ जना मात्रै नेपाली कामदार रहेका थिए । सँगैको साथीको पनि केही समय अघि दहिने हातमा चोट लागेपछि कुहिनाभन्दा मुनीको भाग काटिएपछि मेसिन चलाउने काम राजेशले गर्दै आएका थिए ।

दुईवर्ष अघि ईपिएस मार्फत काम गर्न आएका राजेशको पत्नी, २ छोरा र एक छोरी रहेका छन् । ‘अघिल्लो दिन साँझ भाइटिका लगाउन साहुलाई शनिबार छुट्टी माग्ने भन्दै कुरा गरेको थियो बिहानै यस्तो खबर सुन्न पर्यो,’भक्कानिदै कोरियामै रहेकी मृतककी दिदी इच्चुइ लिम्बुले भनिन् ।

नेपालीहरुको वैदेशिक रोजगारको आकर्षक गन्तव्य बनेको कोरियामा ईपिएस प्रवाधान अनुसार कामदारले स्वइच्छाले कम्पनी परिवर्तन गर्न नपाउने प्रावधानका कारण धेरै कामदारहरु पीडित हुने गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...