Tuesday 27th October 2026

मुलुकभर जाडो बढ्यो, यस वर्ष बढी चिसो


तिताेपाटी – काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैंलगत्तै तापक्रम घटेको छ ।

अाजकाे राजधानी  दैनिकमा याे खबर छ – उपत्यकासहित देशभर नै चिसोको प्रभाव विस्तार हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद मीनकुमार अर्यालका अनुसार वायुमण्डलको प्रभावका कारण चिसो बढेको हो ।

धुँवाधुलोले गर्दा पनि वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविदले बताएका छन् । अघिल्लो वर्ष १० कात्तिकमा काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेकामा यसपटक ८ दशमलव २ डिग्रीमा झरेको छ ।

शनिबारभन्दा आइतबार अझ तपक्रम घटेरे ८ डिग्रीमा झरेको महाशाखाले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...