Tuesday 24th March 2026

करेन्ट लागेर चितवन र मोरङमा दुई जनाको मृत्यु


तिताेपाटी- चितवन र मोरङमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । चितवन राप्ती नगरपालिका–११ बुढेबास बस्ने २७ वर्षीय टेकबहादुर चेपाङको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ ।

दशैंको लागि घरको साउण्डबक्समा बिजुली जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका चेपाङलाई उपचारको लागि भरतपुर अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो ।

त्यस्तै मोरङ बेलबारी नगरपालिका–९ डेरा गरी बस्ने तुमकागाउँ आमदाङ भारतका ३६ वर्षीय बिफल मण्डलको करेण्ट लागेर शनिबार मृत्यु भएको हो ।

टिभिमा जोडिएको केवल तार छुटाउन जाँदा विद्युत सर्ट भई करेण्ट लागेर गम्भीर घाइते भएका मण्डलको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
-राताेपाटी


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...