Sunday 22nd March 2026

कुवेतमा बडा दशै भब्यताका साथ मनाइयो (फोटो फिचर सहित )


तितोपाटी – लालीगुराँस सास्कृतिक परिवार र अन्तराष्ट्रिय कलाकार मंचको संयुक्त प्रस्तुतीमा दुर्गा पुजा एवं दशैँ साँस्कृतिक धमाका २०७५ को कार्यक्रम सम्पन्न भएको छ । खेतान स्थित राजधानी रेष्टुरेन्टको सभा हलमा हिजो बिजया दशमीको दिन कुवेतमा कार्यरत हिन्दू धर्मावलम्बीहरुले भब्यताका साथ दशैँ मनाए ।

अन्तर्राष्ट्रिय कलाकार मंचका अध्यक्ष सोम रसाइलीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमालको रहेका थिए भने बिशिष्ट अतिथीमा राजदुत धर्मपत्नी रीता हमाल रहेकी थिइन। अतिथीहरमा पत्रकार महासंघ कुवेत साखाका प्रतिनिधी माधब शाही , पत्रकार नैना कला राई , बिश्व हिन्दु महसंघ कुवेतका अध्यक्ष टिकाराम आचार्य, लोक गायक माधब शर्मा रहेका थिए भने कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु ,बुद्दिजिबी , समाजसेवी कुवेतमा कार्यरत नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवात राष्ट्रिय गीत बाट गरिएको थियो भने विश्व हिन्दू महासंघ कुवेतका अध्यक्ष टिकाराम आचार्यले दुर्गा पुजाको मंत्र जब गरी दुर्गा देवीको पुजाआजा गरी कार्यक्रम सभापती ,प्रमुख अतिथी , बिशिस्ट अतिथी , अतिथीहरुले एक आपसमा टिका तथा जमरा लगाइ कार्यक्रमको उद्दाटन गरीएको थियो ।

प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमाल पत्रकार महासंघ कुवेत साखाका प्रतिनिधी माधब शाही , पत्रकार नैना कला राई , बिश्व हिन्दु महसंघ कुवेतका अध्यक्ष टिकाराम आचार्य, लोक गायक माधब शर्मा लगायतले दशैँ शुभकामना मन्तब्य राखेका थिए भने अम्मर खड्काले कार्यक्रम संचालन गरेका थिए । लालीगुराँस सास्कृतिक परिवारका अध्यक्ष माधब पौडेलले मन्तब्य बाट कार्यक्रममा उपस्थित अतिथीहरु लाई स्वागत गरेका थिए ।

पन्चे बाजाका साथ स्थानिय कलाकारहरुको गायन तथा नृत्य प्रस्तुतिले दशैँ कार्यक्रम लाई थप रौनक थपेको थियो । संस्थालाई अतुलनीय सहयोग पुर्याउने ब्याक्तित्वहरु टिकाराम आचार्य , राजेन्द्र बिरही , सुरेश ग्याबा, इन्द्र थापामगर र माधव पौडेललाई कदर पत्र तथा दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा सभापती शोम रसाइलीले कार्यक्रम सफल पार्न नैतिक , भौतिक र आर्थिक सहयोग पुर्याउने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...