Thursday 25th April 2024

रोल्पाली गायक डि.सीको माया गरे तिमीलाई म्युजिक भिडियो सहित


 तितोपाटी – रोल्पा जिल्लाको पाखापानी -४ घोरेलीमा जन्मिएका नव गायक प्रेम डि.सीले माया गरे तिमीलाई लोक दोहोरी गीतकाे म्युजिक भिडियो सहित बजारमा ल्याएका छन ।

सानै उमेर देखि कलाकारिता क्षेत्रमा लाग्न औधी रुचि राख्ने गायक घरको आर्थिक अवस्थाले गर्दा बाध्य भएर प्रदेशिनु परे पनि सांगीतिक क्षेत्रमा भने आफ्नो कला र गलालाई निरन्तरता दिइरहेका छन । अहिले सम्ममा गायक डि.सीले आधा दर्जन भन्दा बढी गीतमा स्वर दिएका छन भने केही गीतहरुमा आफैले लय तथा शब्द संकलन पनि गरेका छन ।

माया गरे तिमीलाई गीतको अडियो तथा म्युजिक भिडियो हिम डिजिटल प्राइभेट लिमिटेडले बजारमा ल्याएको हो । उक्त गीतमा प्रेम डि.सी र जमुना सिर्पालीको स्वर रहेको छ । त्यसैगरी उक्त गीतमा लय दोलखा जिल्लामा जन्मिनु भएकी सम्रिना बोम्जनको रहेको छ भने गायक तथा सर्जक भुवन वलीको शब्द रहेको छ ।

माया गरे तिमीलाई गीतको म्युजिक भिडियोमा इच्छाराम परियार र संगीता घिमिरेले अभिनय गरेका छन । उक्त भिडियोको निर्देशन एकेन्द्र साराशंखरले गरेका छन भने छायाँकन मुकेश हुमागाइ र नरेश चौसिरले गरेका छन । त्यसैगरी सम्पादन अमर शाक्यले गरेका छन भने प्रबन्ध निर्देशक नन्दराम परियार रहेका छन ।

भिडियाे हेर्नकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...