Wednesday 14th January 2026

निर्मला हत्या प्रकरणमा छानविन समितिको प्रतिवेदन सार्वजनिक


तितोपाटी – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको घटनाबारे छानबिन गर्न गठीत समितिले बुझाएको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरिएको छ। समितिको प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै सरकारको आलोचना भैरहँदा गृह मन्त्रालयले आइतवार प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरेको हो।

घटनाको छानबिन गर्न सरकारले गत भदौ ७ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो। गृह मन्त्रालयका सह सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिले गत असोज ९ गते गृहमन्त्री समक्ष घटनाबारेको प्रतिवेदन पेश गरेको थियो। समितिको प्रतिवेदन सार्वजनिक नगरी लुकाएर राखिएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको थियो।

समितिले बुझाएको प्रतिवेदन ३७ पृष्ठको रहेको छ। सार्वजनिक गरिएको प्रतिवेदनले प्रहरी अधिकारीबाट छानबिनका क्रममा गम्भिर त्रुटी र लापरवाही भएको निष्कर्ष निकाल्दै उनीहरुमाथि विभागीय कार्वाहि गर्नुपर्ने सुझाव पेश गरेको थियो।

प्रतिवेदनको पुर्णपाठको लागि तलको लिंकमा क्लिक गर्नुहोसः

drive.google.com/…Js6h4hirwIMwjp6fkO/view

 

 


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...