Monday 23rd March 2026

बाँकेमा माइक्रो र ट्रक ठोकिंदा ६ जनाको मृत्यु, १७ जना घाइते


तितोपाटी – तुल्सीपुरबाट नेपालगन्ज आउँदै गरेको माइक्रोलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दिँदा चालकसहित ६ जनाको मृत्यु भएको छ। बाँकेकाे राप्ती सोनारी–२ को मुगुवा खोला नजिकै रा१ख १६६२ नम्बरको माइक्रो र कोहलपुरबाट पूर्व गइरहेको लु१ख ७७२९ नम्बरका ट्रक एकआपसमा ठोकिँदा दुर्घटना भएको हो।

चार जनाको घटना स्थलमा र दुई जनाको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए। मृत्यु हुनेमा तल्सीपुर नगरपालिका–८ की २७ वर्षीया बसन्ती चौधरी र सोही ठाउँका तुल्सी रावत रहेका छन्। अन्य मृतकको पहिचान खुल्न सकेको छैन।

प्रहरीका अनुसार १७ जना घाइते छन्। घाइतेको कोहलपुर मेलिकल कलेजमा उपचार भइरहेको छ। घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...