Tuesday 13th January 2026

सिंहदरवार गेट अगाडि छापामार शैलीमा धर्ना र प्रदर्शन गर्दै गृहमन्त्रीको राजिनामा माग


तितोपाटी – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै सरकारको प्रमुख प्रशासनीक भवन सिंहदरबार छिर्ने गेट अगाडि प्रदर्शन भएको छ।  ‘निर्मलाका लागि न्याय अभियान’ का समर्थकहरुले बिहीबार छापामार शैलीमा सिंहदरबारको दक्षिण गेट अगाडि जम्मा भएर केही बेर धर्ना समेत दिएका हुन्। युवाहरूको समूह सिंहदरबारको दक्षिण गेट अगाडि सडकमा बसेर नाराबाजी गरेका हुन्। निषेधाज्ञा तोड्दै युवा युवतीहरुले प्रदर्शन गर्न थालेपछि सिंहदरबार दक्षिण गेट नै केहीबेर बन्द गरिएको थियो ।

निषेधित क्षेत्रमा पर्ने उक्त स्थानमा प्रदर्शनकारीहरु योजनावद्ध रुपमा जम्मा भइ एक्कासी गेट अगाडि पुगेर ब्यानर र प्लेकार्ड प्रदर्शन गर्न थालेका थिए । ब्यानर र पप्लेटसहित उनीहरुले केहीबेर गेट अगाडि नै बसेर धर्नासमेत दिए । उनीहरुले नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा समेत मागेका छन् ।  ‘निर्मलाका लागि न्याय अभियान’ का समर्थकहरुले निर्मालाको बलात्कारी र हत्यारालाई तुरुन्त पक्राउ गरी कारवाही हुनुपर्ने, निलम्बन गरिएका एसपी डिल्ली विष्टलाई विभागिय कारवाही मात्रै नभएर फौजदारी कानुन अन्तरगत कारवाही गर्नुपर्ने लगायतका माग गरेका थिए ।

उनीहरुले महिला तथा लैंगिक हिंसा कम गर्न १० बुँदे माग अगाडि सारेका छन् ।

यसैबीच, सिंहदरबारभित्र गृह मन्त्रालयमा नेपाल प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनाललार्इ बर्खास्त गर्न माग गर्दै सत्तारूढ दलकै भातृ संगठन अखिल र अखिल (क्रान्तिकारी) ले गृहमन्त्री थापालार्इ ज्ञापन पत्र बुझाएका छन् ।

सिंहदरवार गेट अगाडी धर्ना र प्रदर्शनका केहि तस्विरहरूः


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...