Sunday 11th October 2026

अाजदेखि वैदेशिक रोजगारीबाट फर्केकाहरूको तथ्यांक राखिने


तितोपाटी – वैदेशिक रोजगारीबाट फर्किने युवाको तथ्यांक राखिने भएको छ । अध्यागमन कार्यालयले सोमबारदेखि वैदेशिक रोजगारीबाट फर्किने युवाको तथ्यांक राख्न सुरु गर्ने भएको हो । वैदेशिक रोजगारी क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सोमबारदेखि एकीकृत सूचना व्यवस्थापन प्रणाली लागू गरिँदै छ । एकीकृत सूचना प्रणाली लागू भएसँगै सोमबारदेखि वैदेशिक रोजगारबाट फर्किने युवाको लगत राख्न थालिएको हो ।

यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने युवाको तथ्यांक राख्ने गरे पनि फर्किने युवाको तथ्यांक राख्ने गरेको थिएन । मन्त्रालयले उक्त प्रणालीलाई थप व्यवस्थित गर्न वैदेशिक रोजगारी मोबाइल एप्लिकेसनसमेत सार्वजनिक गरिसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबारदेखि पूर्णरूपमा कार्यान्वयन हुने गरी एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली लागू गर्न लागेको हो ।

उक्त प्रणालीमा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार व्यवसायी, राहदानी विभाग, परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, तालिमप्रदायक संस्था, बैंक, बिमा कम्पनी, कूटनीतिक नियोग र गन्तव्य देशका रोजगारदातासम्बन्धी सूचना र सेवासम्बन्धी विवरण उपलब्ध हुनेछ । एकीकृत सूचना प्रणाली लागू भएसँगै कामदारले अनलाइनबाट नै श्रम स्वीकृतिको फारम भर्न र पेस गर्न सक्नेछन् ।

यस्तै श्रम स्वीकृतिका चरणको प्रगति स्थिति अनलाइनबाटै थाहा पाउन सकिने, आफ्नो श्रम स्वीकृति भए/नभएको कुरा एसएमएस, मोबाइल एप्लिकेसन तथा वेभसाइटबाट समेत थाहा पाउन सक्ने मन्त्रालयले जनाएको छ । एकीकृत सूचना प्रणाली लागू भएसँगै पूर्व स्वीकृतिको विवरण र विभागमा दर्ता भएका उजुरी मोबाइल एपबाटै थाहा पाउन सकिने मन्त्रालयले जानकारी दिएको छ ।

वैदेशिक रोजगार व्यवसायीले अनलाइनमार्फत पूर्वस्वीकृति र अन्तिम स्वीकृतिको फाइल पेस गर्नेछन् । यस्तै म्यानपावर नवीकरणको आवदेन पनि अनलाइनबाटै गर्न सक्नेछन् । एकीकृत सूचना प्रणालीले सेवाको गुणस्तरमा वृद्वि हुने, कार्यक्षमता बढ्ने, अनुगमन प्रभावकारी हुने, विभिन्न नीति तथा कार्यक्रम तर्जुमा गर्दा सहज हुनुका साथै अन्तरसरकारी समन्वय प्रभावकारी हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले बताए ।


सम्बन्धित शीर्षकहरु

एकता सेवा सहयोगी समूह (नेपाल) ले उपचाररत बालिका सपना विश्वकर्माको स्वास्थ्य उपचारका लागि रु. ६३ हजार ५८१ आर्थिक सहयोग प्रदान…

कुवेतस्थित जन-जागृति युवा समाजले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोक निवासी अलिभन सुनारको उपचारार्थ ५१ कुवेती दिनार (नेपाली…

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

प्रतिकृयाहरू
...