Monday 17th June 2024

विषाक्त मदिरा सेवनबाट मलेसियामा ज्यान गुमाएका ६ जनाको शब नेपाल ल्याइयो


तितोपाटी – मलेशियामा विषक्त मदिराका कारण ज्यान गुमाएका ६ जनाको शव नेपाल ल्याइएको छ । शुक्रबार रुपन्देहीको मसिना ६ का रामकुमार यादवको र शनिबार मध्यान्ह सर्लाहीका शेरबहादुर ठकुरीको शव नेपाल ल्याइएको वैदेशिक रोजगार प्रवर्द्धनबोर्डले जनाएको छ। सर्लाहीकै आइत सिंह गोले र नवलपरासीको देउरालीका दुर्गासिंह रानाको शव बिहीबार नेपाल ल्याइएको थियो।  यस्तै सुनसरीका संजय उराव र इलामका बलबहादुर कुलुङको शव पनि नेपाल ल्याइसकिएको भए पनि परिवारले बोर्डमा सम्पर्क नगरेको प्रवर्द्धनबोर्डले जनाएको छ ।

विषक्त रक्सी पिउदा १० जना नेपाली कामदारको मलेसियामा ज्यान गएको थियो भने दुईको उपचार चलिरहेको छ । बोर्डका अनुसार भिमबहादुर घलेको शव आइतबार नेपाल ल्याउने तयारी छ । त्यसैगरी बिशाल बुढाथोकीको १६ गते, सुकुवल घिसिङको १७ गते र बिमल कार्कीको शव १८ गते नेपाल ल्याउने तयारी रहेको जानकारी दिएका छन् । विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव सरकारले निःशुल्क घरसम्म पुयाइदिने भएकाले ढुवानी सेवाका लागि सम्पर्क गर्न वैदेशिक रोजगार प्रवर्द्धनबोर्डले परिवारलाई अनुरोध गरेको छ ।

मलेशियामा बिषक्त मदिराको सेवनले १० नेपाली सहित २३ आप्रवासी कामदारको मृत्यु भएपछि त्यहाँको स्वास्थ सेवा बिभागले मदिरा बिक्रीवितरण केन्द्रको निरीक्षण सहित हजारौं बोतल मदिरा नियन्त्रणमा लियर अनुसन्धान सुरु गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ। सोमबार वेस्ट…

इटाली र जर्मनीले युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शर्त अस्वीकार गरेका छन् । व्यापक छलफलपछि स्विट्जरल्याण्डमा युक्रेनले…

पुष्कर अथक रेग्मी - साहित्यकार वनमाली निराकारद्वारा लिखित एवं अर्चना शर्मा बिष्ट र आरति शर्मा आचार्यद्वारा प्रकाशित कविता संग्रह 'मान्छेका…

प्रतिकृयाहरू
...