Sunday 11th October 2026

विषाक्त मदिरा सेवनबाट मलेसियामा ज्यान गुमाएका ६ जनाको शब नेपाल ल्याइयो


तितोपाटी – मलेशियामा विषक्त मदिराका कारण ज्यान गुमाएका ६ जनाको शव नेपाल ल्याइएको छ । शुक्रबार रुपन्देहीको मसिना ६ का रामकुमार यादवको र शनिबार मध्यान्ह सर्लाहीका शेरबहादुर ठकुरीको शव नेपाल ल्याइएको वैदेशिक रोजगार प्रवर्द्धनबोर्डले जनाएको छ। सर्लाहीकै आइत सिंह गोले र नवलपरासीको देउरालीका दुर्गासिंह रानाको शव बिहीबार नेपाल ल्याइएको थियो।  यस्तै सुनसरीका संजय उराव र इलामका बलबहादुर कुलुङको शव पनि नेपाल ल्याइसकिएको भए पनि परिवारले बोर्डमा सम्पर्क नगरेको प्रवर्द्धनबोर्डले जनाएको छ ।

विषक्त रक्सी पिउदा १० जना नेपाली कामदारको मलेसियामा ज्यान गएको थियो भने दुईको उपचार चलिरहेको छ । बोर्डका अनुसार भिमबहादुर घलेको शव आइतबार नेपाल ल्याउने तयारी छ । त्यसैगरी बिशाल बुढाथोकीको १६ गते, सुकुवल घिसिङको १७ गते र बिमल कार्कीको शव १८ गते नेपाल ल्याउने तयारी रहेको जानकारी दिएका छन् । विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव सरकारले निःशुल्क घरसम्म पुयाइदिने भएकाले ढुवानी सेवाका लागि सम्पर्क गर्न वैदेशिक रोजगार प्रवर्द्धनबोर्डले परिवारलाई अनुरोध गरेको छ ।

मलेशियामा बिषक्त मदिराको सेवनले १० नेपाली सहित २३ आप्रवासी कामदारको मृत्यु भएपछि त्यहाँको स्वास्थ सेवा बिभागले मदिरा बिक्रीवितरण केन्द्रको निरीक्षण सहित हजारौं बोतल मदिरा नियन्त्रणमा लियर अनुसन्धान सुरु गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित जन-जागृति युवा समाजले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोक निवासी अलिभन सुनारको उपचारार्थ ५१ कुवेती दिनार (नेपाली…

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

प्रतिकृयाहरू
...