Thursday 30th July 2026

सार्वजनिक सवारी साधनको भाडा १० प्रतिशतले वृद्धि


तितोपाटी – सरकारले आइतबारबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा १० प्रतिशत वृद्धि गरेको छ । यातायात व्यवसायी र सरकारबीच शनिबार सार्वजनिक यातायातको भाडा बढाउने सहमति भएको हाे।

शनिबार यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारी पक्षबीचको वार्तामा १० प्रतिशत भाडा वृद्धि गर्नेसहित चार बुँदे सहमति भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा वृद्धि गर्न यातायात व्यवस्था विभागलाई सिफारिस गरिसकेको छ।

सरकारले सिफारिस गरेको भाडादर अाज आइतबार (असोज ७) देखि नै लागू हुनेछ। यसलाई मंसिर अन्तिमसम्ममा वैज्ञानिक भाडादरमा समायोजन गर्ने सहमति भएको छ।

 तर विडम्बनाको कुरा दशैंको मुखमा अाएर सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए ।

 हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको हो । समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र मंसिर २९ सम्म भाडा समायोजन गर्ने सहमति पनि भएको हो ।

वार्तामा यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति पनि भएको छ ।

सिण्डिकेट कायम गरेको भन्दै सरकारले २४५ समितिको बैंक खाता रोक्का गरेको थियो ।  शनिबारको वार्तामा यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति पनि भएको छ । तर, मिति भने तोकिएको छैन ।


सम्बन्धित शीर्षकहरु

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले…

इजरायलका रक्षा मन्त्री Israel Katz ले टर्कीका राष्ट्रपति Recep Tayyip Erdoğan माथि सिरियामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इजरायलको सुरक्षामा…

प्रतिकृयाहरू
...