Friday 29th March 2024

नमुना बिश्वकर्मा समाज कुवेतको बिश्वकर्मा पुजा सम्पन्न


बसन्त थापा- गत सुक्रवार १४ सेप्टेम्वर २०१८ का दिन कुवेत स्थित जिलिबको पोपिन्स  हलमा नमुना बिश्वकर्मा समाज कुवेतले भब्यताका साथ बिश्वकर्मा पुजा कार्यक्रम सम्पन्न गरेको छ ।

कुवेतको जिलिब स्थित पोपिन्स हलमा सम्पन्न कार्यक्रमको सुभारम्भ बिश्वकर्मा भागवानको पुजा बाट भएको थियो । बिधिवत रुपमा गरिएको पुजा समापन पछी औपचारिक कार्यक्रम कार्यवाहक अध्यक्ष  भिम बहादुर गदलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी नेपाल कुवेत  पत्रकार महासंघका अध्यक्ष – हरी कृष्ण न्यौपाने रहेका थिए, भने कुवेतमा गठित बिभिन्न बैचारिक तथा सामाजिक सस्थाका प्रतिनिधि हरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

नमुना बिश्वकर्मा समाज कुवेतको बिश्वकर्मा पुजा कार्यक्रममा शुभकामना मन्तव्यकै क्रममा पत्रकार महासंघका- अध्यक्ष हरीकृष्ण न्यौपानेले कार्यक्रम सफलता को कामना गर्दै नेपाली समाजमा जरा गाडेर रहेको जातिय प्रथा जरै देखी हटाउनु पर्छ समाजलाई समानता मुलक समाज बनाउन को निम्ती हामी साथ दिनेछौ बताएका थिए भने उपस्थित मस्त बि.क , मोना म्याग्दीका काेषाध्यक्ष – कृष्ण प्रसाद खड्काले लगायत अन्य अथितीहरुले सोही कुरालाई  समर्थन गर्दै  शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले बिश्वकर्मा भागवान लाई पुजा गर्दै आशिर्वाद लिएका थिए।

समाजका महासचिव चन्द्र बिश्वकर्माले सन्चालन गरेका  कार्यक्रममा, स्वागत मन्तव्य भने प्रेम बहादुर बिश्वकर्माले गरेका थिए। उक्त कार्यक्रममा संस्थाले तुल बहादुर पुन र ललिता थापा लाई सम्मान गरेको थियो, भने अध्यक्ष गदलले कार्यक्रममा उपस्थित सम्पुर्ण लाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...