Saturday 10th October 2026

निर्मला हत्या प्रकरणमा सिअाइबी टोली माथि पनि संशय, छानविन गरिने


तितोपाटी – अब कञ्चनपुर निर्मला बलात्कार हत्याकाण्डले नयाँ मोड लिएको छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानबिन गर्न गएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीमाथि नै छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा समिति गठन गरेपछि यसले नयाँ मोड लिने भएको हो । समितिमा पाँच जना सदस्य छन् ।

गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारी र हत्यारालाई नछाड्न निर्देशन दिएपछि समितिले पन्त हत्याकाण्डको अनुसन्धान गर्न गएको टोलीमा संलग्नको बयान र अनुसन्धान गर्नुका साथै निलम्बनमा परेका एसपी डिल्लीराज विष्टसँग आवश्यक परे बयान दिने र गल्ती देखिए कारबाही गर्ने बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...