Saturday 10th October 2026

निर्मला बलात्कार-हत्या छानविन समितिका सदस्य उपसचिव केसी पुनः समितिमा फर्किए


तितोपाटी – निर्मला पन्तको हत्या छानबिन गर्न गठित सरकारी छानबिन टोलीबाट राजीनामा दिएका उपसचिव वीरेन्द्रबहादुर केसी छानबिन समितिमा फिर्ता भएका छन् । गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफपछि उनी फिर्ता भएका हुन् ।

निर्मला पन्त हत्याको घटना छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा केसी प्रदेश ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको तर्फबाट सदस्य थिए ।

केसीले छानबिन समितिमा रहेका बेला आफूले इमान्दारीपूर्वक काम गरेको भन्दै समितिको म्याद थपको विषयमा असहमति राख्दै जिम्मेवारीबाट अलग हुने प्रारम्भिक निर्णय गरेको बुधबार विज्ञप्तिमार्फत जनाएका छन् ।

‘…छानबिन समितिको म्याद थप लगायतका विषयमा मेरो विमती रही छानबिन समितिको जिमेवारीबाट अलग हुने प्रारम्भिक निर्णय गरेकोमा मिति २०७५/०५/२७ गते गृह मन्त्रालय, उच्च स्तरीय छानबिन समितिका संयोजकसहित भएको छलफलबाट घटनाको सन्दर्भमा मन्त्रालय र मेरो समेत वास्तविक दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउने उद्देश्य नै रहेको एकमत भएकााले राष्ट्रसेवकको रुपमा मलाई प्राप्त अवसर तथा कार्य जिम्मेवारीबाट अलग रहे भन्दा थप भएको कार्य अवधिमा छानबिन कार्यलाई पुन संलग्न रही निष्पक्ष रुपमा छानबिन गरी योगदान गर्न सके निर्मला पन्तप्रति न्याय हुने ठहर गर्दै सरकारले सुम्पिएको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नु प्रत्येक राष्ट्रसेवकको अनिवार्य कर्तव्य भएको बोध गरी स्वेच्छापूर्वक आज मिति २०७५/०५/२७ गतेदेखि समितिमा यथावत रही छानबिन कार्यमा संलग्न रहने व्यहोरा जानकारी गराउँदछु’ केसीले विज्ञप्तिमा भनेका छन् ।

प्रेस विज्ञप्ति जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...