Sunday 19th May 2024

राहदानीले नेपाली नागरिकलार्इ तिब्बती बनायो, एउटै मानिसको ठेगाना ३ ठाउँको


तितोपाटी – जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आएकी गजुरी गाउँपालिका १ की मुक्तिकला लामिछाने आफ्नो राहदानी हातमा पर्दा छक्क परिन् । राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने छ भने अर्को पानामा मोक्तिकला लेखिएको छ । त्यस्तै राहदानीमा ठेगाना र राष्ट्रियता नै फरक लेखिएको छ । धादिङ हुनुपर्नेमा अघिल्लो पानामा कास्की लेखिएको छ भने अर्को पानामा गजुरी बजार–१ गजुरी, डोटी लेखिएको छ । यस्तै राष्ट्रियतामा तिब्बतियन लेखिएको छ।

परराष्ट्र मन्त्रालयबाट आफ्नो नाममा जारी भएको राहदानीमा नाम, ठेगाना र राष्ट्रियता नै फरक लेखिएको भेटिएपछि छामिछाने छक्क परिन् । नेपाली नागरिकलाई तिब्बतियन भन्दै राहदानी विभागले मेसिन रिडेबल पासपोर्ट जारी गरिदिएपछि आफू तनावमा परेको उनले बताइन् । ‘राहदानी हातमा परेपछि खुसी भएकी थिएँ’, लामिछानेले भनिन्, ‘भित्री पाना पल्टाउँदै जाँदा नाम, ठेगाना र राष्ट्रियता नै अर्के रहेछ।’

राहदानी विभागले जारी गरेको राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने लेखिएको छ भने अर्को पानामा मोक्तिकला लेखिएको छ । त्यति मात्र होइन, लामिछानेको ठेगाना गजुरी बजार–१ गजुरी, डोटी लेखिएको छ र राष्ट्रियता तिब्बतियन भनेर लेखिएको छ।

स्नातकोत्तर तह अध्ययन पूरा गरेकी लामिछानेले राहदानीका लागि आफूले बुझाएको आवेदन फाराममा त्यस्तो कुनै गल्ती नभएको दाबी गरिन । ‘मैले पटकपटक पढेर फाराममा सही गरेकी थिएँ’, लामिछानेले भनिन्, ‘लेखपढ गर्न नसक्ने व्यक्ति भए त झुक्किए होलान भन्न सकिन्थ्यो ।’ आफूले फाराम भर्दा कुनै गल्ती नगरेको उनको भनाइ छ।

लामिछानेले साउन २५ गते जिल्ला प्रशासन कार्यालय धादिङमा पुगेर राहदानीका लागि आवेदन फाराम बुझाएकी थिइन् । भदौ १५ गते लिन जाँदा राहदानी त हात पर्याे तर विवरण फरक आयो । ‘फाराम गल्ती भए आवेदन नै स्वीकृत हुँदैनथ्यो, जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको आवेदन फाराम विभागमा पुगेपछि त्यहाँका कर्मचारीको हेलचक्र्याइँले बिग्रन गएको हो’, उनले भनिन् । राहदानी विभागमा कार्यरत कर्मचारीको गम्भीर लापरबाहीका कारण यस्तो भएको उनले बताइन्।

जिल्ला प्रशासन कार्यालय राहदानी फाँटका कर्मचारीले विभागको गल्तीले पासपोर्ट बिग्रिएकाले विभागमै गएर तत्काल अर्को पासपोर्ट लिन लामिछानेलाई सुझाएका छन् । प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले परराष्ट्र मन्त्रालयबाट नै क्रुटिपूर्ण राहदानी आएको बताए।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...