Thursday 30th July 2026

राहदानीले नेपाली नागरिकलार्इ तिब्बती बनायो, एउटै मानिसको ठेगाना ३ ठाउँको


तितोपाटी – जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आएकी गजुरी गाउँपालिका १ की मुक्तिकला लामिछाने आफ्नो राहदानी हातमा पर्दा छक्क परिन् । राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने छ भने अर्को पानामा मोक्तिकला लेखिएको छ । त्यस्तै राहदानीमा ठेगाना र राष्ट्रियता नै फरक लेखिएको छ । धादिङ हुनुपर्नेमा अघिल्लो पानामा कास्की लेखिएको छ भने अर्को पानामा गजुरी बजार–१ गजुरी, डोटी लेखिएको छ । यस्तै राष्ट्रियतामा तिब्बतियन लेखिएको छ।

परराष्ट्र मन्त्रालयबाट आफ्नो नाममा जारी भएको राहदानीमा नाम, ठेगाना र राष्ट्रियता नै फरक लेखिएको भेटिएपछि छामिछाने छक्क परिन् । नेपाली नागरिकलाई तिब्बतियन भन्दै राहदानी विभागले मेसिन रिडेबल पासपोर्ट जारी गरिदिएपछि आफू तनावमा परेको उनले बताइन् । ‘राहदानी हातमा परेपछि खुसी भएकी थिएँ’, लामिछानेले भनिन्, ‘भित्री पाना पल्टाउँदै जाँदा नाम, ठेगाना र राष्ट्रियता नै अर्के रहेछ।’

राहदानी विभागले जारी गरेको राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने लेखिएको छ भने अर्को पानामा मोक्तिकला लेखिएको छ । त्यति मात्र होइन, लामिछानेको ठेगाना गजुरी बजार–१ गजुरी, डोटी लेखिएको छ र राष्ट्रियता तिब्बतियन भनेर लेखिएको छ।

स्नातकोत्तर तह अध्ययन पूरा गरेकी लामिछानेले राहदानीका लागि आफूले बुझाएको आवेदन फाराममा त्यस्तो कुनै गल्ती नभएको दाबी गरिन । ‘मैले पटकपटक पढेर फाराममा सही गरेकी थिएँ’, लामिछानेले भनिन्, ‘लेखपढ गर्न नसक्ने व्यक्ति भए त झुक्किए होलान भन्न सकिन्थ्यो ।’ आफूले फाराम भर्दा कुनै गल्ती नगरेको उनको भनाइ छ।

लामिछानेले साउन २५ गते जिल्ला प्रशासन कार्यालय धादिङमा पुगेर राहदानीका लागि आवेदन फाराम बुझाएकी थिइन् । भदौ १५ गते लिन जाँदा राहदानी त हात पर्याे तर विवरण फरक आयो । ‘फाराम गल्ती भए आवेदन नै स्वीकृत हुँदैनथ्यो, जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको आवेदन फाराम विभागमा पुगेपछि त्यहाँका कर्मचारीको हेलचक्र्याइँले बिग्रन गएको हो’, उनले भनिन् । राहदानी विभागमा कार्यरत कर्मचारीको गम्भीर लापरबाहीका कारण यस्तो भएको उनले बताइन्।

जिल्ला प्रशासन कार्यालय राहदानी फाँटका कर्मचारीले विभागको गल्तीले पासपोर्ट बिग्रिएकाले विभागमै गएर तत्काल अर्को पासपोर्ट लिन लामिछानेलाई सुझाएका छन् । प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले परराष्ट्र मन्त्रालयबाट नै क्रुटिपूर्ण राहदानी आएको बताए।


सम्बन्धित शीर्षकहरु

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले…

इजरायलका रक्षा मन्त्री Israel Katz ले टर्कीका राष्ट्रपति Recep Tayyip Erdoğan माथि सिरियामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इजरायलको सुरक्षामा…

प्रतिकृयाहरू
...