Sunday 19th May 2024

यति एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना


तीतोपाटी- नेपालगञ्जबाट काठमाडौं आएको एति एयरलाइन्सको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार जहाज चिप्लिएर धावन मार्गभन्दा बाहिर पुगेको छ ।

नेपालगन्जबाट २१ यात्रुसहित आएको जहाज विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको प्रवक्ता ठाकुरले जानकारी दिए । जहाज धावन मार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ तर जहाजमा सवार यात्रु भने सकुशल रहेका ठाकुरले बताएका छन् ।

यति एयरलाइन्सका अनुसार यो जहाजले भारतीय पर्यटक बोकेको थियो । जहाजमा चालक दलका सदस्यसहित २१ जना भारतीय पर्यटक थिए ।  यति स्रोतले विमानस्थल क्षेत्रमा बाक्लो पानी परेपछि जहाज चिप्लिएर दुर्घटनामा परेको  हुन सक्ने जनाएको छ ।

जहाज दुर्घटनामा परेपछि विमास्थल बन्द छ ।  दुर्घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...