Thursday 30th July 2026

दुई राष्ट्रपतिको लुम्बिनी भ्रमण : सीमा सुरक्षामा कडाइ


तीतोपाटी-लुम्बिनीमा दुई भीआईपीको भ्रमण हुने भएपछि रुपन्देहीको सीमामा सुरक्षा कडाई गरिएको छ । म्यानमार र श्रीलंकाका राष्ट्रपतिको भ्रमण नजिकिदै जाँदा लुम्बिनीमा उच्च सर्तकता (हाइ अर्लट) अपनाइएको हो । राष्ट्रपतिको सुरक्षार्थ चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका एक हजार २ सय सुरक्षाकर्मी लुम्बिनीमा परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीले प्रशासनले सीमानाका बेलहिया, कर्करहवा, लुम्बिनीलगायत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । सम्मेलन सुरु हुनुअघि भदौ १३ गते म्यानमारका राष्ट्रपति विन माइन्ट र सम्मेलनपछि भदौ १६ गते श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना लुम्बिनी भ्रमणमा आउदैछन् । भैरहवा क्षेत्रको सिमानाका बेलहिया र लुम्बिनी क्षेत्रलगायत जिल्लाका अन्य सिमाबाट आवातजावत गर्ने व्यक्तिमाथी प्रशासनले निगरानी बढाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सुरक्षा योजनाअनुसार सीमामा जाँच, निगरानी, लुम्बिनीलगायत क्षेत्रमा सुरक्षा निकायको पैदल गस्ती, मोबाइल पेट्रोलिङलगायत सुरक्षा व्यवस्था अन्र्तगतका सबै काम भइरहेको जानकारी दिए । खुल्ला सिमा भएकाले अपराधिक गतिविधी हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमा क्षेत्रको सुरक्षा कडा पारिएको छ । लुम्बिनीको सुरक्षा चुस्त रहेको जानकारी दिँदै प्रजिअ रानाले दुवै राष्ट्रपतिलाई भीभीआइपी सुरक्षामा लुम्बिनी भ्रमण गराइने जानकारी दिए । ‘उहाँहरु कहाँ कहाँ जाने हो ती स्थानको म्याप बनाएर सुरक्षा योजना तयार पारी कार्यान्वयन गरिरहेका छौं’, प्रजिअ रानाले भने, ‘राष्ट्रपतिको सुरक्षामा कुनै कमी हुनेछैन ।’

रुपन्देही प्रशासनले म्यानमारका राष्ट्रपति आउनुअघि मंगलबार ग्रान्ड रिहर्सल गरेको छ । भैरहवा विमानस्थलदेखि लुम्बिनीमा रहेको हेलिप्याड, मायादेवी मन्दिर, राष्ट्रपति बस्ने होटेललगायत पाहुना आवतजावत गर्ने बाटोमा समेत सुरक्षाका लागि रिहर्सल गरिएको हो । सुरक्षा निकाले विप्लव माओवादी, सिके राउत समूह र खुल्ला सिमाका कारण शशस्त्र समूहबाट चुनौती हुन सक्ने विश्लेषण गरेको छ ।

श्रीलंकामा शशस्त्र विरोधी समूह लिबरेसन अफ तमिल टाईगर इलम (लिट्टे) अस्तित्वमा नरहे पनि तमिल सामुदायको सञ्जाल संसारभर रहेकाले श्रीलंकाका राष्ट्रपतिलाई तमिल समूह र म्यानमारको राष्ट्रपतिलाई रोहिंग्या समूहबाट सुरक्षा खतरा हुन सक्ने विश्लेषण गरी सुरक्षा व्यवस्था कडा बनाइएको एक उच्च सुरक्षा अधिकारीले बताए । तर जिल्लामा तमिल र रोहिंग्या समूह प्रवेश गरेको कुनै सुचना नभए पनि सतर्कता अपनाइएको सुरक्षा निकायको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले…

इजरायलका रक्षा मन्त्री Israel Katz ले टर्कीका राष्ट्रपति Recep Tayyip Erdoğan माथि सिरियामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इजरायलको सुरक्षामा…

प्रतिकृयाहरू
...