Wednesday 25th March 2026

युएर्इमा एक नेपालीको मृत्यु


तीतोपाटी- बैदेशिक रोजगारीको लागि ५ महिना अघि युएर्इ आएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ।

गोरखाको गण्डकी गाँउपालिका १ मकैसिङ्का ताराबहादुर गुरूङ्को उपचारको क्रममा दुबर्इको रशिद अस्पतालमा हिजो मृत्यु भएको हो।

गत अगस्ट ८ मा सामान्य बान्ता हुने र टाउको दुख्ने समस्या देखिए पछि तारा बहादुरलार्इ उपचारको लागि दुबर्इको रशिद अस्पताल लगिएको थियो।

चिकित्सकका अनुशार उललार्इ ब्रेन ट्युमर भएको बताएर्इको छ।उनको शव पोस्टमाटमको लागि रशिद हस्पिटलमा राखिएको छ।

उनको शवलार्इ जतिसक्दो चाँडो नेपाल पठाउनको लागि आइतबारदेखि कानुनी प्रक्रिया अघि बढार्इने युएर्इको लागि नेपाली कार्यवहाक राजदूत सागर फुयालले जानकारी दिए।

५ महिना अघि अन्जली अोभरसिज सर्भिस काठमाडाैंबाट रोजगारीको लागि युएर्इ आएका ताराबहादुर दुबर्इ स्थित ब्लु डार्इमण्ड सेक्युरेटी कम्पनीमा कार्यरत थिए। मृतक गुरूङ्का श्रीमती १ छोरी र अामा गोरखामै बस्दै आएका छन्।

साभार- रातोपाटी


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...