Tuesday 3rd June 2025

श्री ज्यू मावि खोटाङको स्तरोन्नतीको लागि संचालित सहयोग अभियान समापन, झण्डै ११ लाख संकलन


तितोपाटी – खोटाङको बराहपोखरी गाउँपालिका वडा नं:२ सुन्तले स्थित श्री ज्यू मा.बि. लाई कम्प्युटर खरिद गरि कम्प्युटर कक्षा संचालन गर्न र अक्षयकोष स्थापना गर्नको लागि आर्थिक सहयोग अभियानवाट जम्मा रु १०,८९२०९ संकलन भएको छ भने सहयोग अभियानलार्इ समापन गरिएको कुरा अभियानका अन्तर्राष्ट्रिय अध्यक्ष केदार अाले मगरले तितोपाटी डट लार्इ जानकारी गराएका छन् ।

विगत दुई महिनादेखि केदार आले मगरको अध्यक्षतामा शुरु गरिएको अभियानमा विभिन्न देशमा रहेका प्रवासीहरुले साथ, सहयोग गरि सम्पन्न गरिएको छ । सहयोग अभियान  नेपालबाट ध्यान कुमार राई,  चन्द्र राई, बेलायतबाट ढक राना मगर, कतारबाट चुडामणि दाहाल, नरहरी बन्जारा तथा तिर्थराज बन्जारा, दुबईबाट बम ब.मगर, राजेन्द्र दाहाल तथा  चन्द्र बुर्जा मगर, मलेसियाबाट पुकल श्रेष्ठ, चन्द्र गुर्मछान मगर र कुवेतबाट मान बहादुर थापा मगर, अनिल राईहरुको विशेष सगयोगमा समापन भएको अध्यक्ष आलेले बताए ।

विगत लामो समयदेखि विभिन्न सामाजिक कार्यहरुमा लागिरहेका आलेले श्री प्रा.वि.सुन्तले को लागि पनि आफ्नै नेतृत्वमा प्रवासीको सहयोग माग्दै कम्प्युटर सहयोग गरिसकेका छन् ।

आफु जन्मिएको माटोलाई छोडेर अरुको देशमा रातदिन खटेर भएपनि कमाएको केहि रकमको सहयोगले समाजमा केहि सुधार आउछकी भन्ने भावना बोकेका आलेले विभिन्न ठाउँका संस्थाहरुलाई सहयोग गर्दै आएका छन् ।

उदयपुरको जिल्लाको सिमाना नजिक रहेर पनि अहिलेसम्म विधुत सेवा समेत नपुगेको खोटाङको निकै नै विटक क्षेत्रमा रहेको र आर्थिकस्तर कमजोर भएको कारणले गर्दा प्राविधिक हिसाबले पनि पछाडी परेको विद्यालयको स्तरोन्नती गरि विद्यालयमा कम्प्युटर शिक्षा संचालन तथा अार्थिक रूपमा सक्षम बिद्यालय बनाउन अक्षयकोष खडा गर्ने कामको लागि सो स्थानमा जन्मे हुर्केर स्वदेश तथा विदेशमा विभिन्न पेशा व्यावसाय गरेर बसेका युवाहरूले सहयोगी हातहरू बढार्इरहेका छन् ।

विधुतको समस्या रहेको उक्त विद्यालयमा कम्प्युटर चलाउन सजिलो होस भनि यस अघि नै बागा – २ का समाजसेवी चन्द्र कुमार राईवाट सोलार पावर सहयोग गरि जडान समेत गरिसकिएको छ ।

“एकले थुकी सुकी, सयले थुकी नदी” भनेझै अहिले हेर्ने हो भने सुन्तले जन्मथलो भएका प्रवासी नेपालीहरु सामाजिक कार्यहरुमा सक्रिय रहेको देखिन्छ । त्यो जमानामा कम्प्युटर लगायतको प्राविधिक शिक्षा हासिल गर्न नपाउँदा अहिले हरेक पेशा व्यवसायमा ठक्कर खानु परेको तीतो यथार्थ स्मरण गर्दै पहिले अाफुले पढ्न नपाए पनि भोलीका कर्णाधार बालबालिकाको लागि भएपनि सहयोग गर्नुपर्छ भन्ने भावना बोकेका प्रवासीहरु हिँजोका दिनमा आफुहरू शिक्षाको उज्यालो घामबाट बन्चित हुन परे पनि अागामी दिनमा भावी पुस्ताहरुको लागि भएपनि सकेको सहयोग गरेको बताउछन् ।

यो अभियान चलाईरहँदा श्री ज्यू माबिको लागि साकुमा घर भई हाल जापानमा कार्यरत मुकेश राई, अमेरीकाबाट उषा राई, दिपेन राई र नेपालवाट ध्यान कुमार राईले एक-एक थान कम्प्युटर सहयोग गरेका छन् । सहयोगी भावना भएका मुकेश राईले आठ वर्ष अघि उक्त विद्यालयमा अध्यापन गरेका थिए ।

अभियानवाट संकलन भएको रकम केहि दिनपछि विद्यालयलाई हस्तान्तरण गरिने अभियानका सचिव राजेन्द्र दाहालले बताए ।

अाँफु जन्मेको ठाउँको विकासको लागि त्यसमा पनि शिक्षा जस्तो महत्वपुर्ण क्षेत्रमा सहयोग गर्न पाउँदा अाफैमा गर्व महशुष गरेको बताउँदै श्री ज्यू मा.वि. मा कम्प्युटर शिक्षा संचालन र  अक्षयकोष स्थापना गर्न चलाइएको सहयोग अभियानमा अन्तर्राष्ट्रिय रूपमा दिल खोलेर सहयोग गर्नुहुने सहयोगी मनहरूमा हार्दिक हार्दक अाभार प्रकट गर्दै सहयोग अभियानका लागि गठित अन्तर्राष्ट्रिय समितिमा रहेर सहयोग संकलन गर्नुहुने सबै सहकर्मी साथीहरू तथा समाचार सम्प्रेषण गरि सहयोग अभियानको प्रचार प्रसार गरिदिने संचारगृह तथा संचारकर्मीहरू सबैलार्इ अभियानका अध्यक्ष केदार अाले मगरले धन्यवाद दिदैं अागामी दिनमा गरिने विविध सामाजिक सेवाका कार्यमा पनि चाैतर्फी साथ सहयोग र समर्थनको अपेक्षा गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाले पश्चिम किनारको भ्रमण गर्ने योजना बनाएका चार अरब देशहरूको बाटो अवरुद्ध गरेको छ, जसको लागि यी अरब देशहरूले…

कुवेतमा एनआरएनएलाइ फुट्न नदिन एनसीसी कुवेतद्वारा तीन सदस्यीय समन्वय समिती गठन गरिएको छ । एनसीसी कुवेतका प्रवक्ता हर्क मोक्तानद्वारा हस्ताक्षरित…

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको चाैथो अधिवेशन सम्पन्न भएको छ भने अध्यक्षमा पुनः दिपक छन्त्याल नै निर्विरोध चयन भएका…

प्रतिकृयाहरू
...