Saturday 19th September 2026

विराटनगर महानगरपालिका भित्र बम विष्फोट


तितोपाटी – विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष अगाडिको प्यासेजमा बम विष्फोट भएको हो । बिस्फोटबाट कोही पनि घाइते नभएको बताइएको छ ।

बिस्फोट कसले गरायो भन्ने थाहा हुन सकेको छैन।बम बिस्फोट हुँदा मेयरको कार्यकक्षमा उपमेयर इन्दिरा कार्की लगायत केही वडा अध्यक्षहरु उपस्थित थिए।

अहिले प्रहरीले महानगरपालिकाभित्र कसैलाई पनि प्रवेश गर्न दिएको छैन। बिस्फोटनबाट कार्यालयका झ्यालका सिसाहरु फुटेका छन्।

मोरङ प्रहरीका प्रमुख एसपी मनोज केसीले संलग्न केहीलाई नियन्त्रणमा लिएकाे बताउँदै उनले तत्काल नाम सार्वजनिक नगर्ने जनाएका छन् । एसपी केसीका अनुसार महानगरपालिकामा कुकुर बम विस्फोट नभएको प्रष्ट्याएका छन् ।

महानगरपालिकाको सिसीटिभी फुटेज हेरेर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी केसीले बताए ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले युक्रेनलाई २.६८ अर्ब अमेरिकी डलर बराबरको हवाई रक्षा प्रणाली तथा सम्बन्धित उपकरण बिक्री गर्न स्वीकृति दिएको छ। प्रस्तावित सहयोगमा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले CNN, MS NOW र Politico लाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले ती सञ्चारमाध्यमले…

अमेरिका, डेनमार्क र ग्रिनल्याण्डबीच ग्रिनल्याण्डको सुरक्षासम्बन्धी नयाँ सम्झौता भएको घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताले ग्रिनल्याण्डको सुरक्षामा…

प्रतिकृयाहरू
...